समृद्ध नेपाल बनाउने ठीक समय

चेतन अधिकारी 

नेपालको इतिहासमै पहिलोपल्ट १५(६४ बर्ष अर्थात कमाउन सक्ने उमेर समूहको जनसङ्ख्या ६० प्रतिशत माथि पुगेको छ । यो ‘जनसाङ्ख्यिक लाभांस’ को फाइदा उठाउन दीर्घकालिन योजना र सुविचारित कार्यक्रम जरुरी पर्छ । नेपाली राजनीतिमा संक्रमणकाल करिब(करिब सकिएको छ । आम मानिसमा देशमा केही होला कि भन्ने आशा र अपेक्षा ह्वात्तै बढेको छ । हामीले वेवास्ता गरेका कतिपय मामिलामा थाहै नपाई समाज सकारात्मक बाटोमा हिड्दै छ । नेपालको जनसंख्या यसको एउटा उदाहरण होस जहाँ पहिलो पल्ट गरिखान सक्ने उमेर समूहका मानिसको संख्या सबैभन्दा धेरै हुँदैछ । परिवार, समाज र देशका लागि यो एउटा सुखद सन्देश हो ।

जनसङ्ख्या मामिलाका जानकारहरु यस्तो अवस्थालाई ‘जनसाङ्ख्यिक संक्रमणबाट पार पाउन लागेको अवस्था’ भन्छन् । त्यसको अर्थ के हो भने नेपालका अधिकांश जनसाङ्ख्यिक सूचकहरुले देशमा जनसंख्याको वृद्धि दर सामान्य छ भन्ने देखाउँछन् । यस्ता सूचकहरुमा घट्दो शिशु तथा बालमृत्यु दर, सुधारोन्मुख मातृ मृत्युदर, घट्दो उमेर आश्रित अनुपात, गरिबीको रेखामुनीको जनसङ्ख्याको घट्दो अनुपात, बढ्दो औषत आयु हुन् । यी सूचकांकहरुले नेपाल अब ‘जनसाङ्ख्यिक संक्रमण’को चरण पार गरेर ‘जनसाङ्ख्यिक स्थिरता’ तर्फ लम्कदैछ भन्ने देखाउँछन ।

उमेर अनुसारको जनसङ्ख्या बनौटका हिसावले अब देश जुरुक्कै बोक्न सक्ने युवाको काँधमा पुगेको छ । यो भनेको उन्नति र प्रगतिका लागि नेपाल स्वर्ण युगमा प्रवेश गरेको हो । अहिले काम गरी खान सक्ने युवा उमेरको जनसङ्ख्या नेपालको इतिहासमा नै सबैभन्दा धेरै भएको अवस्था हो । केन्द्रीय तथ्यांक बिभागका अनुसार, देशमा अहिले उच्चतम श्रममा योगदान गर्न सक्ने उमेरको जनसङ्ख्या ६० प्रतिशत छ । इतिहासमा १५(५९ बर्ष उमेर समुहको यति ठुलो जनसङ्ख्या कहिल्यै थिएन । अबका केहीवर्ष भित्र यो प्रतिशत अझ बढ्न पनि सक्छ । तर यो अवस्था सधैंभरी रहँदैन ।

कमाउने उमेर समूहको बाहुल्यता भएको यो अवस्थालाई जनसाङ्ख्यिक लाभ ९पपुलेसन डिभिडन्ट० भनिन्छ । यसलाई ‘देशले श्रमशक्तिको अवस्थामा बोनस पाएको’ मानिन्छ । नेपाल जनसङ्ख्या संघ ९पान० का अध्यक्ष डा। केशवप्रसाद अधिकारीका भनाइमा, “कुनै पनि देशको जनसाङ्ख्यीक बनावटलाई हरेक १५ वर्षको उमेर समुहमा बिभाजन गरेर हेर्दा जब १५—२९ बर्षको जनसङ्ख्याको अनुपात सबभन्दा उच्च हुन्छ तब देश जनसाङ्ख्यीक लाभांसको अवस्थामा प्रवेश गर्दछ ।”

नेपालको जनसाङ्ख्यिक बनावटमा अहिले ०—१४ बर्ष उमेर समुहको जनसङ्ख्या ३३।९ प्रतिशत छ भने १५—२९ बर्षको जनसङ्ख्या ३३ प्रतिशत छ । यो तथ्यांकका आधारमा नेपाल अहिले जनसाङ्ख्यिक लाभांसको पहिलो चरणमा प्रवेश गरेको छ । यो समूहको उमेर बढ्दै ६० बर्ष पुगेपछि देशले दोस्रो जनसाङ्ख्यिक लाभांस प्राप्त गदर्छ ।

त्यो कसरी भने ६०(७४ बर्ष उमेर समुहका मानिस नियमित वा औपचारीक पेशा व्यावसायबाट औपचारिक रुपमा अवकास पाएपनि आफ्नो दैनिक जीवनका धेरै थोर काम गरेर केही न केही आम्दानी गरिरहेका हुन्छन् । यस्ता मानिसको उत्पादन बढी र लगानी अर्थात उपभोग कम हुन्छ । जस्तो कि उनीहरुले सक्रीय उमेर छंदा कमाएको पैसा बैंक वा कुनै उत्पादनमुलक क्षेत्रमा हुन्छ, जहाँबाट नियमित ‘बोनस’ आइरहेकै हुन्छ । यो उमेर समुहका मानिसले छोराछोरीका लागि शिक्षामा लगानी गर्नुपर्ने चरण पार गरिसकेका हुन्छन् ।

उनीहरुको स्वास्थ्यमा पनि धेरै लगानी गरिहाल्नु पर्ने अवस्था आइसकेको हुन्न । फेरि उनीहरु मध्ये केहीले सरकारी पेन्सन, नीजी क्षेत्रमा काम गरेकाहरुले केही न केही सामाजिक सुरक्षा बापतको नियमित लाभ पाउछन् । यो रकमको ठुलो हिस्सा धेरै जसोले बचत ९बैंकमा० गरेका हुन्छन् र सो बचत उत्पादन मुलक लगानीमा जान्छ । समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ । यसलाई जनसाङ्ख्यीक लाभांसको दोस्रो चरण भनिन्छ ।

दुई तिहाइ जनसङ्ख्या श्रमबजारमादेश विकासका लागि जनसाङ्ख्यिक लाभांसको महत्व कति छ भन्ने थाहा पाउन अन्यत्रका उदाहरणहरु पनि पर्याप्त छन् । दक्षिण एसियाका बाघ भनिने देशहरु कोरिया, थाइल्यान्ड, सिंगापुर मलेसिया आदिले जनसाङ्ख्यीक लाभांसको स्थितिमा पुगेपछि विकासमा फड्को मारेका हुन् ।

यसको खास कारण छ । जब जन्मदर घट्छ तब बाल आश्रित जनसङ्ख्या घट्छ । नेपालमा पछिल्लो दशकमा बालबालिकाको संख्या उल्लेख्य कमी आएको छ । जनगणना २०६८ का अनुसार एकजना महिलाले जन्माउने जम्मा बच्चाको संख्या  कुल प्रजनन् दर  २।६ रहेको छ । एक बच्चा र दोस्रो बच्चाको जन्मान्तर पनि करिब २।५ बर्ष पुगेको छ । यस्ता सूचकांकले के जनाउछ भने महिलाको शिक्षाको स्तरमा उल्लेख्य सुधार आएको छ । उनीहरु कामकाजी हुन थालेका छन् । स्वनिर्णय लिन सक्ने क्षमतामा सुधार आएकाले अनिच्छित गर्भधारणको बोझबाट मुक्ति पाउँदै गएका छन् ।पछिल्लो जनगणनाले नेपालीको औषत आयु ६९ बर्ष देखाएपनि त्यसपछिका अनुसन्धानहरुले नेपालीको औसत आयु ७१ बर्ष पुगेको देखाएका छन् । सबैभन्दा खुशीको कुरा नै यो हो कि जन्मदर घटेर बालआश्रित अनुपात पनि घटेको छ । अघिल्लो दशकमा ७२।६९ भएको बालआश्रित अनुपात चालु दशकमा ६१।२८ मा झरेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । यसैगरी अघिल्लो दशकमा भएको बृद्धआश्रित अनुपात यो दशकमा अलि बढेको छ । अघिल्लो दशकमा १२ रहेको बृद्धआश्रित अनुपात बढेर यो दशकमा १४।३ पुगेको छ । यो तथ्यांकका आधारमा नेपालको अहिलेको औषत आश्रित अनुपात ७५।८ देखिन्छ ।

यो भनेको १५–५९ बर्षका हरेक १०० जना व्यक्तिले करिब ७६ जना व्यक्तिलाई आश्रय दिइरहनु परेको छ । त्यसमा पनि यो दर क्रमश घटिरहनु खुशीको खबर हो । औषत आयु बढ्दै गएपनि बृद्धअवस्था असक्त अवस्थामा पुगिसकेको छैन । ६० वर्षको उमेरलाई सक्रिय श्रम योगदानको अवस्थाबाट अवकासको उमेर भनिए पनि नेपालमा ७० बर्षसम्मका बृद्धबृद्धाहरु घरखेत वा निजी व्यापारको काममा सक्रिय नै देखिएका छन् । त्यसकारण कतिपय जनसाङ्ख्यिक विष्लेषकहरुले १५—६४ बर्ष उमेर समूहलाई सक्रिय उमेरको अवस्था पनि मानेका छन् । यो उमेर समुहलाई सक्रिय मान्ने हो भने अहिले नेपालको ६० प्रतिशत जनसङ्ख्या दैनिक श्रमबजारमा सक्रिय अवस्थामा छ भनेर मान्नुपर्ने हुन्छ । जुन इतिहासमा कहिल्यै थिएन ।

यस हिसाबले वृद्धाअवस्थाको परनिर्भरता ५।४ प्रतिशत छ । बाल आश्रित र बृद्धआश्रितको अनुपात जोड्ने हो भने अहिले करिब ४० प्रतिशत नेपालीमात्र बाँच्नका लागि अरुको भर परेका छन् । यसको अर्थ १० जनाको परिवार भएको घरमा छ जना श्रम गर्ने छन् भने चार जना बसेर खाने छन् । अमेरिकाको मिचिगन युनिभरसिटीमा नेपालको जनसङ्ख्या र कृषिबारे अध्ययन गरिरहेका डा। प्रेम भण्डारीको बिष्लेषणमा, “अबको १३ बर्षपछि नेपालको परनिर्भरता दर ३३ प्रतिशतमा झर्नेछ । जतिबेला १५ बर्ष भन्दा मुनीको जनसङ्ख्या २५।४ प्रतिशत मात्र हुनेछ भने सक्रीय जनसङ्ख्या ९१५—६४बर्ष० ६८ प्रतिशत र बृद्ध आश्रित अनुपात अर्थात ६५ बर्ष भन्दामाथीको जनसङ्ख्या ६।८ प्रतिशत पुग्नेछ ।
छोटो तर सुनौलो अवसरजनसाङ्ख्यीक लाभांसको अवस्था लामो समय रहँदैन । जनसाङ्ख्यीक दृष्ट्रिकोणले प्राप्त भएको यो स्वर्ण युग बढीमा दुईदेखि चार दशकमात्र कायम रहने विज्ञहरु बताउछन् । किनकि हिजो उच्च जन्मदर हुंदाका धेरै बच्चाहरु क्रमश युवा वयमा प्रवेश गरेर आर्थिक उपार्जनमा योगदान गर्न थाल्दछन् । तर उनीहरुले सन्तान जन्माउन कटौती गर्ने सम्भावना रहने हुंदा भोलीको श्रम बजारमा आउने युवाको संख्या क्रमश घट्दै जान्छ । शिक्षा दिक्षा हासिल गरेर पूर्ण रुपमा कमाइमा लाग्न हरेक ब्यक्तिलाई करिब २५ बर्ष लाग्छ । त्यसपछि उसले निरन्तर आर्थिक रुपमा योगदान गर्दा पनि ३५ बर्षसम्म पूर्ण रुपमा कमाइ गर्न सक्छ ।

यस्तै युवाले गरेको कमाइबाट देशले दीर्घकालिन रोजगारीका अवसर र आम्दानीका क्षेत्रमा लगानी गर्ने मौका पाउछ । जस्तो कि कमाइ गर्ने ब्यक्तिले बैंक खाता खोल्छ । उसको संचयकोष हुन्छ । त्यस्ता ठाउँबाट राज्यले कर्जा लिएर वा सम्बन्धित व्यक्तिलाई नै शेयर धनी बनाएर जलश्रोत,पर्यटन वा ठुला उद्योग खोल्न सक्छ । जसले लामो समय देशलाई आम्दानी दिन्छ र देशभित्रै रोजगारीको प्रशस्त अवशर उपलब्ध गराउँछ ।

तर यो समय देशका लागि किन पनि लामो हुदैन भने आजको युवावयको जनसङ्ख्या क्रमश बृद्ध अवस्थामा प्रवेश गर्दैजान्छ । अहिले देशको औषत जनसङ्ख्या वृद्धीदर १।३५ प्रतिशत हुंदा वृद्धवृद्धा ९६० बर्ष भन्दा माथीको० जनसङ्ख्या वृद्धीदर ३।१ छ । यसको अर्थ वृद्धअवस्थामा प्रवेश गर्ने जनसङ्ख्या वृद्धी दर तिव्र गतिमा छ । देशले अब बिस्तारै ज्येष्ठ नागरिकहरुको पालनपोषणमा ठुलो हिस्सा खर्च गर्नुपर्ने हुन्छ । बिगतमा उच्च बालआश्रित अनुपातमा थिचिएका हामीहरु अबको तीन दशक भित्र उच्च बृद्धबृद्धा आश्रित अनुपातले थिचिने छौं ।

बृद्धबृद्धाको पालनपोषण भनेको यस्तो अवस्था जसको अवधी कति बर्ष हुन्छ भनेर किटान गर्न सकिदैन । तर बालबालिकाको पालनपोषणको अवधी पहिल्यै किटान गर्न सकिन्छ । स्वास्थ्यमा सुधार, बढ्दो आर्थिक गतिविधि, खानपानको सन्तुलन आदि कारणले त्यसबेलासम्म नेपालीको औषत आयु धेरै माथी पुगिसक्ने सम्भावना रहन्छ । त्यस अवस्थामा हाम्रो आउने पुस्ताले आफुले कमाएको रकम बाबुआमाको पालनपोषणमा खर्च गर्नुपर्ने अवस्था आउँदा उसले राष्ट्रिय आयमा ठुलो रकम योगदान गर्न सक्दैन । अथार्त हामी पुन जनसाङ्ख्यीक रुपले सुनौलो युगमा प्रवेश गर्नुभन्दा अघिको अवस्थामा पुग्ने छौं । फरक यति हो सुरुमा बालबच्चाको पालनपोषणमा हाम्रो कमाइको ठुलो हिस्सा खर्च हुन्थ्यो भने ‘सुनौलो युगको अन्त्य पछि’ बृद्धबृद्धाको लालनपालनमा हाम्रो कमाइको ठुलो हिस्सा खर्च हुनेछ ।

२०४६ सालमा प्रजातन्त्र आंउदासम्म पनि नेपालकी एउटी आमाका ६ जना बालबच्चा हुन्थे । बच्चाको जन्मान्तर दुईबर्ष मात्र हुंदा पनि १२ बर्षको अवधी बच्चा जन्माएर, त्यसपछिका केही बर्ष तिनलाई हुर्काउदा हुर्काउदै आमालाई बुढेसकाल लागिसकेको हुन्थ्यो । जसले गर्दा घरमा एक्लो बाबुले कमाएर त्यतीका सन्तान पाल्नु पर्दा राम्रै जागिर हुनेको पनि बचतको हिस्सा सारै थोरै मात्र हुन्थ्यो । त्यती मात्र हैन हामी संयुक्त परिवारमा बस्ने भएकोले बाबुआमाको स्याहार सुसारमा पनि खर्च हुन्थ्यो ।

तर, अहिले अवस्था बदलिएको छ । महिलाको विवाहको औषत उमेर अहिले २० बर्ष पुगेको छ । धेरै महिलाले राम्रो योग्यता हासिल गरेर जागिर खान थालेपछि मात्रै बिहे गर्ने चाहना राख्न थालेका छन् । पछिल्लो चरणमा विस्तार भएको निजी क्षेत्रको चहलपहलले श्रम बजारमा धेरै मानिस खपत हुने ठाँउ बनाइदिएको छ । जसले गर्दा विवाह अघि नै धेरै महिला पनि आम्दानी गर्न थालेका हुन्छन् । जागिर र बालबच्चाको सम्बन्ध जहिले पनि ऋणात्मक हुन्छ । त्यसकारण कामकाजी महिलाले बालबच्चा जन्माउने बिषयलाई न्यून रुचीमा राख्छन् । त्यही कारण पनि नेपालको प्रजनन् दर ह्वात्तै घटेको हो ।

सहरतिर एकजना र ग्रामिण क्षेत्रमा पनि दुईजना बच्चा भएपछि बाबुआमाले चित बुझाउन थालेका छन् । दम्पतीको सन्तानको रुची प्रति आएको यो अभूतपूर्व परिवर्तनका कारण नेपालको जनसङ्ख्यावृद्धीदर १।९ मा सिमित हुन पुगेको छ । सैद्धान्तिक रुपले पनि बार्षिक २ प्रतिशत भन्दा माथीको वृद्धीदरलाई जनसंख्याको तिव्र वृद्धीदर मानिन्छ । नेपालले त्यो अवस्था पार गरेर अहिले जनसङ्ख्या वृद्धीको सामान्य अवस्थामा छ । यदी यी सुचकहरुको विकास अघिल्लो दशकमा जस्तै हुने हो भने आगामी जनगणना ९२०७८० मा नेपालको जनसङ्ख्या वृद्धि दर बार्षिक १ प्रतिशतको हाराहारीमा झर्छ, जुन विकशित देशले हासिल गरेको सुचक हो ।

दीर्घकालिन योजना, सुविचारित कार्यक्रमदेशले सदुपयोग गर्नुपर्ने यो उमेरको सवै जनसङ्ख्या मुलुकभित्र मात्रै छैन । भारत बाहेकका देशमा करिब ४० लाख नेपाली रहेको बैदशिक रोजगार बिभागको तथ्यांकमा छ । यो त्यहि उमेर समुहको संख्या हो । तर तिनले पठाएको विप्रेषण नेपालका उत्पादनमुलक क्षेत्रमा लगानी भएको छ कि उपभोग मै सकिएको छ त रु नेपाल राष्ट्र बैंकले २०७३ असोजमा सार्वजनिक गरेको ‘विप्रेषण प्राप्त गर्ने घर परिवारको बचत तथा लगानी प्रवृति अनुसन्धान प्रतिवेदन’ अनुसार १।१ प्रतिशत विप्रेषण मात्र उत्पादनमुलक काममा लगानी भएको छ । उक्त अनुसन्धानको निष्कर्ष अनुसार करिब एक चौथाइ विप्रेषण ९२३।९ प्रतिशत० दैनिक उपभोगमा, एक चौथाइ ९२५।३० ऋण तिर्न, २८ प्रतिशत घरजग्गा किन्ने प्रयोजनका लागि खर्च हुने गरेको छ ।

उत्पादनमुलक लगानीमा छुट्याएको यो न्यून रकमले के स्पष्ट पादर्छ भने हामीले जनसाङ्ख्यीक लाभांसको सदुपयोग गर्न सकिरहेका छैनौ । सरकारले विप्रेषणलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न आर्थिक बर्ष २०६६र०६७ देखि बैदेशिक रोजगारी बचत पत्र जारी गरेको छ । यसको उद्धेश्य विप्रेषण रकमलाई जलविद्युत लगायत कुनै पनि उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु हो । बैदेशिक रोजगारीमा गएकाहरुले यसलाई पुर्ण रुपमा वेवास्ता गरेका छन् । सो अध्ययन भन्छ “०।६ प्रतिशतले मात्र बैदेशिक रोजगारी बचत पत्रमा लगानी गरेका छन् ।”

देशको जनसाङ्ख्यीक अवस्था कता जादैछ भन्ने कुराको पूर्व अनुमान नगर्दा वा यो पक्षलाई वेवास्ता गर्दा हामीलाई जनसाङ्ख्यिक लाभांस ‘कागलाई बेल’ पनि हुनसक्छ । तर प्रधनमन्त्री केपी शर्मा ओलीले जनसंख्याको यही उमेर समुहलाई लक्षित गर्दै समृद्धिका स्रोत युवा हुन् उनीहरुलाई स्वेदश मै आकर्षक रोजगारी उपलब्ध गराएर देशको विकासमा लगाउन ुपदर्छ भन्ने मुलमन्त्र अघि सारेका छन् । ओलीको भिजनका कारण वैदेशिक रोजगारीमा जानेहरु क्रमश घटिरहेका छन् । उनीहरु स्वरोजगारमा लागेका छन् । वा देशमा अब केही हुन्छ भन्ने आशा बोकेर स्वदेशमै रोजगारी गर्न थालेका छन् । । बोनस पपुलेसन कै हारहारीमा हाम्रँ आर्थिक सुचकहरु एकालो लाग्नु पर्दछ अब । १७र१८ देखि ५०र५२ बर्ष सम्मको जनसंख्याको ठुलो हिस्सा अर्काको देशलाई समृद्ध बनाउने खटिने कुरा घटाएर स्वेदलाई नै समृद्धिको यात्रामा हिडाउन यो समुह लाग्नु पर्दछ । जनसाङ्ख्यीक लाभांसको फाइदा उठाउन जनसंख्या मात्रै पर्याप्त छैन, दीर्घकालिन योजना र सुविचारित कार्यक्रम पनि सँगै अघि बढाउनु पर्दछ ।


प्रकाशित | १८ चैत्र २०७५, सोमबार ०६:१३