प्रचण्डले बोलाए दिउँसो ३ बजे नेकपा सचिवालयको अनौपचारिक बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक आज दिउँसो बेलाउनुभएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय धुम्बाराहीमा बैठक दिउँसो ३ बजे बोलाइएको हो । बैठकमा विभिन्न समसामयीक विषयमा छलफल हुनेछ ।

बिहीबार अर्को अध्यक्षक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यकारी अध्यक्षप प्रचण्डले परामर्श गर्नुभए पनि आजको सचिवालय बैठकमा ओली सहभागी नहुने बालुवाटार स्रोतले जनाएको छ ।


प्रकाशित | २१ कार्तिक २०७७, शुक्रबार १२:१७