आज हावाहुरीसहित वर्षाको सम्भावना

काठमाण्डौ : आज (आइतबार )देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार र सोमबार पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका धेरै स्थानमा हावाहुरी र वर्षाको सम्भावना छ ।

आइतबार साँझपख पश्चिमका केही भूभागसहित मध्य र पूर्वी भूभागमा हावाहुरीसहित पानी पर्ने सम्भावना भएको छ । पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना भएको हो । बेलुका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तो छ तीन दिनको मौसम सम्बन्धी विवरण;

वैशाख २९ गते (आईतवार)

दिउँसो देशभरि बिहानिपख आंशिक बदली रहि अपरान्हपछि देशका मध्य र पश्चिमि पहाडी क्षेत्र लगाएत पूर्वि भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।राति देशका मध्य र पश्चिमी पहाडी क्षेत्र लगाएत पूर्वि भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३० गते (सोमबार)

दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।राति देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३१ गते (मंगलबार)

दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ०८:१६