यसरी मनाइयो सूर्यविनायक नगरपालिकाको आठौ स्थापना दिवस (फोटोफिचर)

भक्तपुर : सूर्यविनायक नगरपालिकाले आठौ स्थापना दिवस भब्य रुपमा मनाएको छ । शान्ति तथा समृद्धि पदयात्रा र उत्कृष्ट करदातालाई सम्मान गरी आठौ नगर स्थापना दिवस भब्य रुपमा मनाएको हो । नगरपालिकाको कार्यालयदेखि सृजनानगर सल्लाघारी हुँदै पुर्न नगरपालिका प्रागंणमा आएर पदयात्रा समापन गरिएको थियो ।

नगरपालिकाको प्रागणमा आयोजित स्थापना दिवस कार्यक्रम नगर प्रमुख बासुदेव थापाले आठ वटा पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो भने आठ किलोको केक काटेर खुसीयाली साँटासाँट गरिएको थियो । कार्यक्रममा स्काउटको तर्फबाट मार्चपास गरिएको थियो भने फाउन्ट एभेष्ट सेकेण्डरी स्कुल, मोडन इगंलीस स्कूल र ज्योति माविका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

नगरपालिकाले स्थापना दिवसकै अवसरमा उत्कृष्ठ करदाता लक्ष्मण अवाल र पूर्ण लिम्बूलाई सम्मान गरिएको थियो । कार्यक्रममा नगर प्रमुख थापासहित उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, नगर प्रवक्ता रविन्द सापकोटा, वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्कीलगायतले सम्बोधन गर्नु भएको थियो ।

सो अवसरमा नगर प्रमुख थापाले पछिल्लो सात वर्षमा नगरपालिकाले हासिल गरेको प्रगतिको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, सामाजिक विकास शाखा प्रमुख रत्न बहादुर कट्वाल, वडाध्यक्षहरु सानुकाजी कायस्थ, प्रदिप कार्की, दिपेन्द्र केसी, लछुराम न्यौपाने, राजकुमार जोशी, ईश्वर खडका, रविन्द्र सापकोटा, पुष्पराज बस्नेत, भगवान खत्री, शिवराम राउत सहभागि हुनुहुन्थ्यो ।

त्यस्तै, कार्यपालिका सदस्यहरु हेमा दाहाल खवितडा, तारा सापकोटा, शर्मिला लम्साल बस्नेत, कमला पोखरेल, सावित्री मिश्र, सुनील भुजेल, प्रजुन त्रिखत्री र सुमन परियारलगायत नगर सभा सदस्यहरु र विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुलगायत सहभागि हुनुहुन्थ्यो ।

 


प्रकाशित | २८ फाल्गुन २०८०, सोमबार ११:५०