सगरमाथाको उचाइ मापन गर्ने काम ६० प्रतिशत सम्पन्न : सगरमाथा उचाइमा पुग्दै सरकारी टोली

 

सोलुखुम्बु : नेपालले पहिलो पटक मापन गर्न लागेको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको कार्य धमाधम भइरहेको छ । सगरमाथको उचाइ नाप्न हिडेको टोलीलाई केहि दिन अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाई गर्नुभएको थियो । नापी विभागका अनुसार उचाइ मापन गर्ने ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । टोलीले  सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने सम्पन्न गरिसकेको र यो काम सम्पन्न गरेसँगै ६० प्रतिशत काम सम्पन्न  छ।

टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल हुनुहुन्छ । टोलीमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चारजना कर्मचारी हुनुहुन्छ । टोलीले झण्डै एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कनेछ । चार जनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जाँदै हुनुहुन्छ । ।

 


प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार ०९:५९