१०८ फिटको सरस्वती मूर्ति तथा बाल्मीकेश्वर मन्दिर निर्माणको शिलान्यास, चाँगुनारायण नगरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिपरेको मेयर जीवन खत्रीको भनाई

भक्तपुर :  चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नगरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिपरेको बताउनु भएको छ । महाशिवरात्रीको अवसरमा बाल्मीकेश्वर संरक्षण समाजको आयोजनामा शुक्रबार १०८ फिटको सरस्वती मूर्ति निर्माण तथा बाल्मीकेश्वर मन्दिर निर्माणको शिलान्यास गर्नुहुँदै सो कुरा बताउनु भएको हो ।

मेयर खत्रीले नगरपालिकाले धार्मिक, पर्यटकीय क्षेत्रको विकास लागि आवश्यक पूर्वाधार निर्माण गर्ने कार्य गरिरहेको बताउनुभयो । सबैको विश्वास र आस्थाको भरोसालाई जोगाई राख्न दुवै मन्दिरको सफलताका साथ निर्माण गरिने उहाँले ताउनुभयो । मेयर खत्रीले धार्मिक, ऐतिहासिक, पुरातात्विक क्षेत्रको संरक्षण सम्बद्र्धन गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिपरेको स्पष्ट पार्नुभयो ।

नगरपालिकाले ९ वटै वडालाई समेटेर धार्मिक पर्यटकीय पदमार्ग निर्माण, नगरकोट भ्रमण वर्ष २०८२ को पूर्व तयारीका लागि आवश्यक कार्यक्रम गरिरहेर्को, नगरको सम्पत्तिको रुपमा रहेका भाषा, धर्म, कला, संस्कृतिको संरक्षण र सम्बद्र्धन एवं विकास गर्ने नीति लिएको मेयर खत्रीले बताउनुभयो ।


प्रकाशित | २५ फाल्गुन २०८०, शुक्रबार २१:०८