एनआरएनए अमेरिकाज् क्षेत्रको डिआरसी पदमा बेद राज बस्नेतको उम्मेदवारी घोषणा

टेक्सस /अमेरिका : गैर आवासीय नेपाली संघका आइसिसी सदस्य बेदराज बस्नेतले आगामी २०१९-०२१ कार्यकालको लागि अमेरिकाज् क्षेत्रको क्षेत्रीय उप-संयोजक (डिआरसी ) मा उम्मेदवारी घोषणा गर्नुभएको छ । बस्नेतले एक प्रेस बिज्ञप्ति जारी गर्दै आफनो उम्मेदवारी घोषणा गर्नुभएको हो । ‘विश्वब्यापी एनआरएन सृढुढीकरणको लागि समावेशीता र एकता; को मूल नाराका साथ आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको एनआरएनएको नवौ महाधिवेशनको लागि बस्नेतले उम्मेदवारी घोषणा गर्नुभएको हो । हेर्नुहोस बस्नेतको घोषणापत्र जस्ताको तस्तै:

आदरणिय एनआरएन साथीहरु,  नमस्कार

सबैभन्दा पहिला त यंहाहरु सबैले एनआरएन अभियानलाई माया गरेर यहाँसम्म ल्याउनुभएकोमा अग्रजहरुलाई सम्मान अनि सहयात्री साथीहरुप्रती हार्दिक आभार ब्यक्त गर्न चाहान्छु । जन्मभुमी नेपाल र कर्मका लागि संसारभर रहेका नेपालीको हितका लागि स्थापित एनआरएन अभियानमा हामी रहेको देश अमेरिका, क्यानडा र यस क्षेत्रका अन्य देशहरुमा पनि बलियो भएर अगाडि बढिरहनु हामी सबैलाई गौरवको कुरा हो । केहि समय ढिला शुरु भए पनि अमेरिका, क्यानडा, ब्राजिल र चिली लगायतका देशमा एनआरएन अभियानले अब राम्रोसंग आफ्नो अभियानलाई बिस्तार गर्न सफल भएको छ ।

साथीहरु, यंहाहरुलाई अवगत नै छ । म पनि अमेरिकामा एनआरएन अभियान सबैको पंहुचमा पुगेको समय देखि नै तपाईहरुकै साथ र सहयोगले सकृय हुंदै यस संस्थामा काम गर्न पाउने सौभाग्य पाएको ब्यक्ती हुं । मैले शुरुदेखी नै दुई कार्यकाल एनआरएनए अमेरिकाको दुई कार्यकालको कोषाध्यक्ष र एक कार्यकाल यहि क्षेत्रलाई प्रतिनिधीत्व गर्दै आईसीसी सदस्य भएर काम गर्दा सदैव यंहाहरुकै सुझाव र सल्लाह अनुसार अगाडि बढेको सबैमा अवगत नै छ । दुई कार्यकालको कोषाध्यक्ष र आईसीसी सदस्यको जिम्मेवारीमा रंहदा मैले के कस्ता कार्यहरु गर्न सफल रहें भन्ने कुरा त यंहाहरु माझ अवगत नै छ, तैपनि गर्वका साथ के भन्न चाहान्छु भने सदैव संस्थाको हित र यंहाहरुको भावना भन्दा बाहिर नगई कार्य गर्न सफल भएकोमा खुशी छु ।

सानै देखीको समाजसेवाको भावना र एनआरएन अभियानमा लागेपछि यंहाहरुबाट पाएको साथ र हौसलाले मलाई यस कार्यमा अझै धेरै सकृय हुन प्रेरणा प्राप्त भईरहेको छ । एनआरएनको मुख्य मुद्धा नागरिकताको बिषय लगभग निर्णायक अवस्थामा पुगेको भए पनि हामीले हाम्रा एनसीसीहरुका साथै सिंगो अभियानलाई नै अझै उचाईमा लैजाने कार्य सदैव हाम्रा सामु बांकी नै रहेको मलाई लाग्दछ ।

प्रिय एनआरएन साथीहरु,

यंहाहरुको यहि हौसला र साथले मलाई अभियानमा थप सकृय हुन प्रोत्साहन गरेकोले तपाई हामी सबैका साझा मुद्धा बोकेर म यस पटक अमेरिकाज क्षेत्रको उप संयोजक अर्थात् अमेरिका क्षेत्रको डिआरसी पदमा उम्मेदवारी दिन गईरहेको कुरा यंहाहरु समक्ष निवेदन गर्न चाहान्छु । मेरो बिगतको सकृयता र संस्था प्रतिको लगावलाई हेरेर अमेरिका, क्यानडा, ब्राजिल र चिली लगायतका सबै देशका अग्रज अनि तपाई सहयात्रीहरुले साथ दिनुहुनेछ भन्ने पुर्ण बिश्वास लिएको छु ।

म डिआरसी पदमा निर्बाचित भए पश्चात के काम गर्नेछु भन्दा पनि यंहाहरुकै मुद्धाहरुलाई बोकेर तपाईहरुकै माझमा सकृय हुनेछु भन्ने कुराको बिश्वसनियता दिलाउन चाहान्छु । एनआरएन अमेकिाज क्षेत्रका एनसीसीहरुलाई थप मजबुत बनाउदै आईसीसीमा यस क्षेत्रको बलियो उपस्थिती राख्ने यस अभियमानमा यंहाहरु सबैको साथ र सहयोगको अपेक्षा सहित ।
हार्र्दिक धन्यबाद ।

बेद राज बस्नेत
उम्मेदवार, डिआरसी अमेरिका क्षेत्र
टेक्सस अमेरिका


प्रकाशित | २९ श्रावण २०७६, बुधबार २२:०६