जापानको नारितामा काठमाडौंबाट तोकिएको नियमित उडान रद्द

काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारितामा काठमाडौंबाट तोकिएको नियमित उडान रद्द गरेको छ । एयरलाइन्सले एक सूचना जारी गदै महामारीका कारण नारिता उडान रद्द गर्नुपरेको जनाएको हो ।

सरकारले जुलाई महिना भरका लागि नारितामा हरेक शुक्रबार एक उडान गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । अहिले सातामा कुल २३ उडान गर्ने गरि १४ गन्तब्यमा विशेष नियमित उडानको अनुमति दिइएको छ । 

अहिले जापानको नारितामा प्रति उडान ६० जना मात्र यात्रु लैजान पाउने प्रावधान छ । तर जहाजको सीटमा ८० प्रतिशत भन्दा बढी यात्रु भरिएको अवस्थामा मात्र नाफा हुने भएकाले उडान रद्ध गरिएको बुझिएको छ ।


प्रकाशित | २० असार २०७८, आईतवार १६:१६