टिचिङमा कलेजो प्रत्यारोपण सुरु हुँदै

काठमाडौं: शिक्षण अस्पताल महाराजगन्जले जेठ दोस्रो साताबाट कलेजो प्रत्यारोपण सुरु गर्ने भएको छ । काठमाडौंनिवासी एक ५० वर्षीय व्यक्तिलाई ३० वर्षीया छोरीले कलेजो दान गर्न लागेकी छिन् । चिकित्सकको लामो परामर्शपछि बाबुछोरी तयार भएका हुन् । अस्पतालले डा. रमेशसिंह भण्डारीको नेतृत्वमा यो सेवा सञ्चालन गर्न लागेको हो । प्रत्यारोपणका लागि भारतको अपोलो अस्पतालको विशेषज्ञ टोली पनि आउनेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ०७:०३