कागेश्वरी मनोहरा वडा नंं ७ द्धारा ‘कानूनी सचेतना, उद्यमशीलता र मनोपरामर्श’ विषयक अन्तरक्रिर्या कार्यक्रम सम्पन्न

काठमाडौं:  ११४ औं अन्तरािष्टय महिला दिवसको अवसर पारेर कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ७ ले कानूनी सचेतना, उद्यमशीलता र मनोपरामर्श विषयक अन्तरक्रिर्या कार्यक्रम आयोजना गरेको छ । बुधबार वडा कार्यालयको सहभाहलमा आयोजित कार्यक्रम नगर उपप्रमुख शान्ता थापाले उद्घाटन गर्नु भएको थियो ।

वडाका विभिन्न महिला समूह र संघसंस्थाका प्रतिनिधि सहभागि कार्यक्रममा समग्र महिला र स्वास्थ्य विषयमा पार्वती विष्ट, स्वास्थ्यको विषयमा मूलपानी नगर अस्पताल मेडिकल सुपरिडेन्टेट डां अनामिक सिंह, कानूनी विषयमा अधिवक्ता सविना बिमाली र लघु उद्यमको विषयमा प्रेम जोशीले प्रशिक्षण दिनुभएको थियो ।

वडाध्यक्ष भिमसेन थापाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा आनन्द भैरव माध्यमिक विद्यालय प्रधानाध्यापक सरस्वती थापा कार्की (सरु), महिला बालबालीका तथा समाज कल्याण शाखा प्रमुख सविना श्रेष्ठ, सहकारी शाखा प्रमुख विश्वास ज्ञवाली, आन्तारिक लेखा प्रशासन शाखा फोकर्ल पर्सन पुष्पा दाहाल, वडा सचिव बासुदेव थापा, कार्यपालिका सदस्य प्रकाश नेपाली, वडा सदस्यहरु जानुका चापागाई, सुनिता बोगटी र भक्त थापालगायतले बोल्नु भएको थियो । कार्यक्रम वडा कार्यालयकी कर्मचारी सविता पौडेलले सञ्चालन गर्नु भएको थियो ।


प्रकाशित | २३ फाल्गुन २०८०, बुधबार २०:०५