क्यानडामा गर्ने भनीएको एनआरएनए अमेरिकाज् क्षेत्रको विज्ञ सम्मेलन जुनको तेस्रो साता गर्ने निर्णय

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रको क्षेत्रीय विज्ञ सम्मेलनको मिती र स्थानको टुंगो लगाइएको छ । विज्ञ सम्मेलन आगामी जुनको तेस्रो साता क्यानडाको ओन्टारियोमा गर्ने टुंगो लागेको हो ।

एनआरएनए क्यानडाले विश्वकै आकर्षित पर्यटकीय गन्तब्य नायग्रा फल्समा कार्यक्रम आयोजना गरिनेछ  । एनआरएनए क्यानडाका महासचिव पिताम्बर भट्टराईले एक विज्ञप्तिमार्फत सो जानकारी गराउनुभएको हो ।

एनआरएनए क्यानडाको १३ वर्षे इतिहासमै पहिलो पटक यस्तो सम्मेलनको आयोजना गर्ने अवसर पाएकोमा खुसी ब्यक्त गर्दै क्यानडाले सम्मेलनको मिती र स्थान तय गरेसँगै अन्य आवश्यकीय तयारीमा जुट्ने जनाएको छ ।

यसअघि एनआरएनए अमेरिकाज क्षेत्रीय बैठकले क्षेत्रीयस्तरको विज्ञ सम्मेलन क्यानडामा गर्ने निर्णय गरेपनि मिती र स्थानको ट्ंगो लगाउन बाँकि थियो ।

संघका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षतामा बसेको एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरे सम्मिलित बैठकले क्षेत्रीय भेला तथा क्षेत्रीय विज्ञ सम्मेलन क्यानाडामा गर्ने निणर्य गरेको थियो । बैठकमा एनआरएन क्यानाडा कार्यसमिती सदस्य, समितिका सल्लाहकार,आईसीसी सदस्यय लगायतको उपस्थिती थियो ।

क्षेत्रीय संयोजक राजन त्रिपाठीले निर्णयअनुसार आइएससँग समन्वय गर्दै अन्तिम टुंगो लगाउनुहुनेछ । विज्ञ सम्मेलनको लागि क्षेत्रीय सम्मेलन मूल आयोजक समितिको संयोजक र सम्मेलनको आयोजक राष्ट्र एनआरएनए क्यानडा र एनआरएनए अमेरिका रहने छन् ।


प्रकाशित | २० फाल्गुन २०७६, मंगलवार २२:०४