अभिनेत्री मानन्धरलाई मिसेस नेपाल इन्टरनेशनलको उपाधि

काठमाडौँ: अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ ‘मिसेस नेपाल इन्टरनेशनल’ उपाधिबाट सम्मानित हुनुभएको छ । रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘सन्तुर मिसेस नेपाल इन्टरनेसनल २०१९’मा अभिनेत्री मानन्धरालाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिद्वारा सम्मानित गरिएको हो ।

पूर्व प्रधानसेनापति रुकमाङ्गद कट्वाल र अभिनेता राजेश हमालले अभिनेत्री मानन्धरालाई क्राउन लगाउनुभयो । कार्यक्रममा गैरसरकारी संस्थामा कार्यरत महेन्द्रनगरकी स्तानाकोत्तरकी बिद्यार्थी भाविषा कोइराला चटौतले पाँचौ ‘मिसेस नेपाल इन्टरनेशनल’को उपाधि चुमेकी छन् । सोही प्रतियोगितामा महोत्तरीकी स्त्री रोग विशेषज्ञ रंगीना लाईकंग्बम ‘एमएस नेपाल इन्टरनेसनल २०१९’ बिजेता घोषित गर्नुभयो ।


प्रकाशित | ६ आश्विन २०७६, सोमबार ११:१७