संवैधानिक तथा कानून पत्रकार मञ्चमा सात सदस्यीय नयाँ कार्यसमिति

काठमाडौं : संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको पाँचौँ अधिवेशनको अध्यक्षमा दुर्गा दुलाल चयन हुनुभएको छ । दुलाल नेपाल लाइभका प्रमुख समाचारदाता हुनुहुन्छ । अधिवेशनले दुलालको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै, मञ्चको उपाध्यक्षमा राष्ट्रिय समाचार समितिका (रासस) कालिका खड्का, महासचिव भाषा शर्मा (नागरिक दैनिक), सचिव दीपक खरेल (नेपाल खबर) र कोषाध्यक्षमा नीराजन पौडेल (राजधानी दैनिक) चयन हुनुभयो । त्यस्तै, कार्यसमितिका सदस्यमा कान्तिपुर टेलिभिजनका दीपक आचार्य र हिमाल खबरका शरद ओझा चयन हुनुभएको छ ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ०६:४४