११ मिनेटमा दुई परकम्पन : पहिला ५ दशमलव २ र पछि ४ दशमलव ३ रेक्टरको परकम्प

काठमाण्डौ : धादिङको नौबिसे केन्द्रबिन्दु भएर बिहानै दुई परकम्प आएको छ । करिव ११ मिनेटको अन्तरालमा दुईवटा परकम्प गएको हो । बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो परकम्प गएपछि सर्वसाधारणमा क्राउ उत्पन्न भएको छ । भूकम्पको धक्का महसुस हुँदा सर्वसाधारण घर बाहिर निस्किएका थिए ।


प्रकाशित | ११ बैशाख २०७६, बुधबार ०७:२६