मुलुकभर दूध अभाव

काठमाडौं : डेरी उद्योगहरूले उत्पादनमा ३० प्रतिशतले कटौती गरेकाले मुलुकभर मागअनुसार दूध आपूर्ति हुन सकेको छैन । दूध कम उत्पादन हुने  सिजनको मध्य समय पर्नु र भारतबाट स्कीम मिल्क पाउडर ९एसएमपी० आयात बन्द हुँदा उद्योगमा दूध अभाव भएको हो ।दूध आपूर्ति कम हुँदा काभ्रैको पनौतिस्थित अनमोल डेरी बन्द भएको छ भने भक्तपुरको नोभा डेरीेले शनिबार बजारमा दूध नै पठाउन नसकेको जनाएको छ ।

“एसएमपी छैन, झोल दूध पनि स्टकमा नहुने अवस्था छ, दूध आपूर्ति समयमा हुन नसक्दा  एक पोका दूध पनि बजारमा पठाउन सकिएन,” नोभा डेरीको उत्पादक कन्ट्री फुड प्रालिका सञ्चालक दिपक खड्काले भने, “बजारमा उच्च माग रहेको सिजनमा ३० प्रतिशत घटाएर पठाइरहेका छौं, विस्तारै उद्योग धरासयी हुने अवस्थामा छ ।” दैनिक २५ हजार लिटरको क्षमता रहेको नोभाको उद्योगबाट १० हजार लिटरमात्र नियमित उत्पादन भइरहेकोमा त्यो पनि घटेर ६ हजारमा पुगेको उनले बताउनुभयो । यो समाचार आजको कारोबार दैनीकमा प्रकाशित छ ।


प्रकाशित | १९ श्रावण २०७६, आईतवार १२:०२