बारामा हावाहुरीले मच्चायो वितण्डा : २७ जनाको ज्यान लियो

काठमाण्डौ – तराईको बारा र पर्सामा हावाहुरीले वितण्डा मच्चाएको छ । आइतबार साँझ आएको हावाहुरीले ठूलो मानवीय क्षति गराएको हो । हावाहुरीका कारण बारामा २७ र पर्सामा १ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार अहिलेसम्म जिल्लामा हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको हो । दुई सयभन्दा धेरै घाइते भएका छन् । घाइतेको उद्धार गरि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राति ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी गराउनुभएको थियो ।


प्रकाशित | १८ चैत्र २०७५, सोमबार ०६:०१