एनआरएनए युगान्डाद्वारा तराईका हुरी पीडितलाई सहयोग: विभिन्न एनसिसीबाट अहिलेसम्म ६५ लाख जम्मा

कम्पला , युगान्डा : गैर आवासीय नेपाली संघ युगान्डाले तराईका हुरी पीडितको सहयोगको लागि दुई लाख ८६ हजार ५ सय ४७ रुपैयाँ सहयोग पठाएको छ । संघका अध्यक्ष राजमणी भण्डारीका अनुसार एनआरएनएको कोषमा ढिलै भए पनि युगान्डाबाट पीडितलाई सहयोग पठाइएको जानकारी गराउनुभयो । संघको उक्त अभियानमा हाल सम्म विभिन्न एनसीसीहरुबाट ६५ लाख २९ हजार ६ सय १५ रुपैयाँ जम्मा भइसकेको एनआरएनए आइसिसी कोषाध्यक्ष हिक्मत थापाले जानकारी गराउनुभयो ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार १९:०७