स्थगित भएको लोकसेवा आयोगका परीक्षा फागुन पहिलो सातादेखि सञ्चालन हुने

काठमाडौं। कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण स्थगित भएको लोकसेवा आयोगका परीक्षा फागुन पहिलो सातादेखि सञ्चालन हुने भएको छ ।

लोकसेवा आयोगले परीक्षाको समय तालिका सार्वजनिक गर्दै स्थगित भएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।

आयोगले उपसचिव वा सो सरह (अप्राविधिक–प्राविधि), शाखा अधिकृत वा सो सरह ९प्राविधिक र स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदका लिखित परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ ।

परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं आयोगबाट स्वीकृत सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड, २०७७ (संशोधनसहित) पालना गरी सञ्चालन हुने छ ।


प्रकाशित | २० माघ २०७८, बिहीबार १५:३७