एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय उपसंयोजकमा बुद्धिराज घिमिरेको उम्मेदवारी दर्ता

काठमाडौं:  गैर आवासीय नेपाली संघको एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा बुद्धिराज घिमिरेले उम्मेदवारी दर्ता गर्नु भएको छ । एनआरएनए जापानका पूर्वमहासचिव रहनु भएका घिमिरेले आगामी कार्यकाल २०२३-२५ को लागि एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दर्ता गर्नु भएको हो ।

घिमिरेले एनआरएनएको विभिन्न पदमा रहेर १५ वर्ष काम गरिसक्नु भएको छ । घिमिरे २०११ १३ मा कान्तोको सचिव, २०१५-१७ मा राष्ट्रिय कमिटी सचिव र २०१७(१९ मा राष्ट्रिय कमिटिको महासचिव भई जिम्मेवारी निर्वाह गर्नु भएको अनुभव छ । त्यस्तै, २०१९-२१ मा आइसीसी विधान ड्राफ्ट कमिटी सदस्य हुनुहुन्थ्यो ।

घिमिरेले आफूलाई विभिन्न पदमा बसेर काम गर्न अवसर प्रदान गर्नेहरुप्रति आभार व्यक्त गर्दै आगमी दिनमा पनि साझेदारी, हातेमालो गर्दै संस्थामा सेवा गर्ने चाहना रहेको र सबैको सहयोगको अपेक्षा समेत गर्नु भयो ।


प्रकाशित | ३० आश्विन २०८०, मंगलवार ००:३७