चाँगुनारायण नगरपालिकाले दियो सडक पूर्वाधार र सार्वजनीक यातायातलाई विशेष प्राथमिकता, ५० करोड बढी बजेट विनीयोजन

भक्तपुर :चाँगुनारायण नगरपालिकाले सडक तथा यातायात पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको छ । सबै वडाका मुख्य सडकलाई कालोपत्रे पक्की गर्ने र सबै वडा कार्यालयदेखि नगरपालिकाको कार्यालयसम्म जोड्ने सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखी निर्माण कार्य अगाडि बढाउने नीति अवलम्बन गरेको हो ।

नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सार्वजनीक यातायात प्रणालीलाई सुदृढ र ब्यवस्थित बनाउन उपत्यकाभित्रका अन्य स्थानीय तहसँग समन्वय, सहकार्य र साझेदारी गरी एकीकृत सार्वजनीक यातायात योजना कार्यान्वयनका लागि पहल गर्ने उल्लेख गर्नु भएको छ ।

त्यस्तै, नगरपालिकाले दु्रत मार्ग निर्माण कार्यलाई निरन्तरता दिने, निर्माण कार्यान्वयनको क्रममा निर्माण कार्यतालीका बनाई कार्यान्वयनमा ल्याई सोको आधारमा भौतीक प्रगतिको अनुगमन गर्ने, खासागं खुसुगं खोला, नगरपालिका भवन, घट्ने खोला नयाँ करिडोर आयोजना प्रारम्भ गर्ने भएको छ ।

स्थानीय ब्यवसायीहरुसँगको साझेदारीमा विद्युतीय सवारी साधन सञ्चालनका लागि पहल गर्ने, नगरपालिकाभित्र सडक निर्माण गर्दा स्थानीयस्तरमा उत्पादनको पकेट क्षेत्र र पर्यटन प्रबद्र्धन लगायतलाई आधार बनाईने, भूक्षय तथा पहिरो न्यूनीकरण गर्न बायो इन्जिनियरिगं तथा सडक सौन्र्दर्यीकरणलाई प्राथमिकता दिने, सडकमा आवतजावत गर्न तथा सडक निर्माण कार्यमा अवरोध सृजना गर्ने कार्यलाई निरुत्साहीत गर्नेलगायतका नीति नगर प्रमुख खत्रीले समेट्नु भएको छ ।


प्रकाशित | १४ असार २०८०, बिहीबार २०:३९