सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेलाको तयारी पूरा, मेलामा ९० वटा स्टलहरु रहने

भक्तपुर: सूर्यविनायक नगरपालिकाको आयोजना, घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा तीन दिने घरेलु, कृषि तथा पर्यटन मेला शुक्रबारदेखि शूरु हुँदैछ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गतेदेखि १७ गतेसम्म हुने सूर्यविनायक घरेलु कृषि तथा पर्यटन मेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

सूर्यविनायक नगरपालिकाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासको रुपमा रहेको घरेलु तथा साना उद्योग कृषि र पर्यटन क्षेत्रको प्रबद्र्धनसँगै कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोड्ने उद्देश्यका साथ आधुनिक प्रविधि, अनलाइन मार्केटिङगमा उत्पादक र उपभोक्तासम्म पहुँच पुर्याउने लक्ष्यका साथ मेला आयोजना गरिएको हो ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्नुहुँदै नगर प्रमुख बासुदेव थापाले मेलामा ९० वटा स्टलहरु रहने जानकारी गराउनुभयो । घरेलु उद्योगका परम्मपरागत तथा मौलिक उत्पादन र सीप उजागर गरिने, सूर्यविनायकका लघु, घरेलु, साना उद्यमी एवं महिला उद्यमीहरुको उत्पादनहरु स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यवसायहरु, स्थानीय मौलिक उत्पादनहरु (जुजु द्यो, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाडाँकुडाका उत्पादन, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्टकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु मौलिक नेवारी खाजा, समय बजी, यमरी, चटामारी, बारासहितको फुट फेष्टिवल मौलिक एवं परम्मपरागत साँस्कृतिक प्रस्तुती, स्थानीय गायक गायिकाको साङ्गितिक प्रस्तुतीसहित मेलामा ९० वटा स्टलहरु रहने नगर प्रमुख थापाले बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने मेलामा दश हजार भन्दा बढि सहभागिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा कृषि र पर्यटन क्षेत्रमार्फत सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासमा खेल्न सकिने भूमिकाका बारेमा छलफल विचार, विमर्श र सरोकारवालासँग अन्तक्र्रिया आयोजना गरिने नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले जानकारी गराउनुभयो ।

संयोजक भट्टराईका अनुसार समग्र सूर्यविनायक नगर क्षेत्रको आर्थिक, सामाजीक तथा साँस्कृतिक विकासमा टेवा पुग्ने विश्वास लिइएको र मेलामा स्टल र अवलोकन निशुल्क गरिएको छ।

नगरपालिकाका प्रवक्ता तथा वडा नंं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले मेलाबाट स्थानीय उद्योगी तथा व्यावसायीहरुको बजार उपभोक्तासम्मको सञ्जाल विस्तार हुने विश्वास लिइएको बताउनुभयो ।

प्रवक्ता सापकोटाका अनुसार स्थानीय मौलिक उत्पादन तथा वस्तु उद्योग सूर्यविनायक नगरपालिका क्षेत्रको उत्पादन स्थानीय, प्रादेशिक तथा राष्ट्रिय हुँदै अन्तर्राट्रिय स्तरसम्म पुहँच अभिवृद्धि भइ पर्यटन उद्योगलाई जोड्ने अपेक्षा समेत गरिएको छ ।

नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले यस्तो प्रकारणको मेला सूर्यविनायक नगरपालिकाको लागि पहिलो अनुभव भएकाले यसलाई सफल बनाउन सबैमा आह्वान गर्नु भएको छ ।

‘सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी प्रशासन, उद्योगी व्यवसायी, कृषि क्षेत्रमा लाग्नु भएका महानुभावहरु, सहकारी, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतको महत्वपूर्ण भूमिका रहने हुँदा सवै क्षेत्रबाट यस मेलालाई सफल बनाई उद्योग, कृषि र पर्यटन विकासका लागि नगरपालिकाको प्रयासलाई सहयोग पुर्याईदिनु हुन सवैमा हार्दिक अनुरोध छ’, उहाँले भन्नुभयो ।

मेलाको दिन बिहान साढे नौ बजे सूर्यविनायक चोकदेखि मेला स्थलसम्म प्रभातफेरी कार्यक्रम समेत आयोजना गरिएको छ ।


प्रकाशित | १४ असार २०८०, बिहीबार १४:४१