पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन कांग्रेस केन्द्रीय सदस्य काफ्लेको माग

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य  तथा नेविसंघका पूर्व महामन्त्री कुन्दन राज काफ्लेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकासँग माग गर्नु भएको छ । काफ्लेले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएकोमा आपत्ति जनाउँदै तत्काल मूल्यवृद्धि फीर्ता लिन सरकारसँग माग गर्नु भएको हो ।

पेट्रोलियम पदार्थको मुल्य घटाउन सरकारले आयल निगमलाई निर्देशन दिन समेत काफ्लेले आग्रह गर्नु भएको छ । दैनीक उपभोग्य सामाग्रीमा सरकार गम्भिर बन्नुपर्ने बताउँदै नेता काफ्लेले मूल्य बढाइरहनु, घटाइरहनु उचित नभएकाले यसको स्थायी समाधान खोजीनुपर्ने बताउनु भयो ।

मूल्यवृद्धिको विरोधमा विभिन्न ७ विद्यार्थी संगठनले समेत तत्काल फिर्ता गर्न माग गरेका छन् । सरकारको निर्देशनमा नेपाल आयल निगमले बुधबारदेखि पेट्रोल, डिजेल र मट्टि–तेलमा ३ रुपैयाँ र हवाई ईन्धनमा ५ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।


प्रकाशित | ६ माघ २०७८, बिहीबार २१:४२