चलचित्र क्षेत्रमा पढे लेखेका कलाकारलाई पलायन हुनबाट जोगाऔं : नायीका साम्राज्ञी

काठमाडौँ : नायीका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्याग्न आग्रह गरेकी छन् । उनले लेखेकी छन्–‘यदि नेपाली चलचित्रको विकास गर्ने हो भने निर्माताहरूले आफूलाई मै हुँ भन्ने भावना नराखी नवकलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्छ ।

साथै, समूहगत स्वार्थ राखी स्थापित कलाकारप्रति पक्षपाती व्यवहार र गुटबन्दी गरी चलचित्रहरू खेल्न नदिई चलचित्र क्षेत्रबाटै पलायन गराउने षड्यन्त्रबाट मुक्तसमेत हुनुपर्छ ।’

उनले चलचित्र क्षेत्रको सुधार नगर्ने हो भने यसमा करिअर बनाउन खोज्ने पढे लेखेका र योग्य कलाकारको खडेरी हुने साथै स्थापित कलाकारहरू विस्थापित हुने समेत बताएकी छन् ।


प्रकाशित | २२ असार २०७७, सोमबार १८:१४