काठमाडौं : आन्तरिक उडान प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन्। महालेखा परीक्षाको कार्यालयको प्रतिवेनअनुसार आर्थिक वर्ष २०७५/७६ सालमा चिनियाँ जहाजले यो रकम बराबरको नोक्सान गराएका हुन् भन्ने खबर नयाँ पत्रिका दैनिकले लेखेको छ। त्यस्तै चारवटा वाई टुवेल जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्एर्याको प्रतिवेदनमा उल्लेख छ। निगमको जहाज उडानका लागि भर्खरै ५० पाइलटको माग भएको भए पनि २६ जनाले मात्रै आवेदन दिएका छन्। यिनैमध्ये केहीलाई छानेर चिनियाँ जहाज उडाउन लगाउने निगले जनाएको छ।
प्रकाशित | १२ बैशाख २०७६, बिहीबार ०७:४९