सूर्यविनायक नगरपालिका-२ बालकोटमा मुटु रोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिवीर, १५० जना लाभान्वित

भक्तपुर:  सूर्यविनायक नगरपालिका वडा नंं २ बालकोटमा मुटु रोग सम्बन्धी विशेष स्वास्थ्य शिवीर आयोजना गरिएको छ । बालकोट स्वास्थ्य चौकीद्धारा आयोजित मुटु रोग र जनरल चेक अप सम्बन्धी स्वास्थ्य शिविरमा १५० जनाले सेवा लिएका छन् ।

वडा नंं २ का वडाध्यक्ष तथा बालकोट स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष प्रदिप कार्कीले उद्घाटन गर्नु भएको शिवीरमा मुटु रोगको निशुल्क ई सि जी सहित मुटु रोग बिशेषज्ञ डा गोपाल सुवालले स्क्रिनिंग सहित स्वास्थ्य परीक्षण गर्नु गरिएको थियो ।

आयु सुपर स्पेसियालटिी क्लिनिक गठ्ठाघको प्राविधिक सहयोगमा भएको शिवीरले स्थानीय लभान्वित भएको बालकोट स्वास्थ्य चौकी प्रमुख पुण्य प्रसाद काफ्ले बताउनुभयो ।


प्रकाशित | २७ आश्विन २०८०, शनिबार २०:५४