रियल मड्रिडको पोष्टमा एट्लेटिक मड्रिडको ७ गोल

एजेन्सी : ईन्टरनेश्नल च्याम्पियन्स कपमा रियल मड्रिडले शर्मनाक हार ब्यहोरेको छ । शनिबार बिहान भएको मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई ७–३ गोल अन्तरले हराएको हो ।

पहिलो हाफमै ५–० को अग्रता लिएको एट्लेटिको प्रि–सिजनको खेलमै रियललाई सजक गराएको छ । नयाँ खेलाडी अनुबन्धनमा ठुलो धनराशी खर्च गरेको रियलले लगातार खराब नतिजा ब्यहोर्दै आएको छ ।

एट्लेटिकोको जितमा डिएगो कोस्टाले नायक रहे । उनले एक्लै चार गोल गरे ।

खेलको पहिलो मिनेटमै कोस्टाको गोलबाट एट्लेटिकोले अग्रता लियो । आठौं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए । उनी यसै सिजन कीर्तिमानी मुल्यमा एट्लेटिको आएका थिए ।

१९ औ मिनेटमा एन्जेल कोरियाले एट्लेटिकोलाई ३–० को स्थितीमा पुर्याएका थिए । २८ औ मिनेटमा कोस्टाले ब्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा कोस्टाले ह्याट्रिक पुरा गर्दै एट्लेटिकोलाई ५–० को अग्रता दिलाएका थिए ।

५१ औ मिनेटमा कोस्टाले ब्यक्तिगत चौथो गोल गर्दै एट्लेटिकोलाई ६–० को स्थितीमा लगे । ५९ औ मिनेटमा रियलका नाचो फर्नान्डेजले गोल गर्दै गोल अन्तर घटाउने काम गरे ।

६४ औ मिनेटमा दुवै टिम १० खेलाडीमा सिमित बने । रियलका ड्यानियल कार्भाजल र कोस्टा रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

७० औ मिनेटमा भिटोलोले गोल गर्दै रियललाई ७–१ को अग्रता दिलाए ।

८५ औ मिनेटमा पेनाल्टीमा करिम बेन्जिमा र ८९ औ मिनेटमा जाभियर हर्नान्डेजले गोल गर्दै रियलको हार अन्तर घटाउने काम गरेका थिए ।

प्रि–सिजन टूरमा रहेका दुवै टिम ईन्टरनेश्नल कप खेलिरहेका छन् ।


प्रकाशित | ११ श्रावण २०७६, शनिबार ०८:५१