हालको लकडाउन साउन ७ सम्म जारी राख्ने निर्णय

काठमाडौँ : सरकारले हाल कायम लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो ।

उहाँले सरकारले जारी मोडलमा नै खुकुलो बन्दाबन्दी जारी राख्ने र अहिलेलाई आन्तरिक तथा बाह्य कुनै उडान खुलाउने विषयमा कुनै निर्णय नभएको बताउनुभयो । साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरू पनि अहिलेकै अवस्थामा रहने उहाँले बताउनुभयो ।


प्रकाशित | १६ असार २०७७, मंगलवार ०७:५४