थप १ हजार ९५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा १ हजार ९५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार १८४ तथा एन्टिजेन विधिबाट ७७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ५१०३ जना निको पनि भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख २० हजार ५९२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । त्यस्तै, २ लाख ७३ हजार ३४९ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।

यता थप ११ जना सङ्क्रमितले ज्यान पनि गुमाएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८३८ पुगेको छ । देशभर ३६ हजार १८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


प्रकाशित | २५ माघ २०७८, मंगलवार १७:१०