एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय उपसंयोजकमा बुद्धिराज घिमिरेको उम्मेदवारी

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा बुद्धिराज घिमिरेले उम्मेदवारी दिन लाग्नु भएको । एनआरएनए जापानका पूर्वमहासचिव रहनु भएका घिमिरेले आगामी कार्यकाल २०२३-२५ को लागि एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दिन लाग्नु भएको हो ।

घिमिरेले एनआरएनएको विभिन्न पदमा रहेर १५ वर्ष काम गरिसक्नु भएको छ । घिमिरे २०११ १३ मा कान्तोको सचिव, २०१५-१७ मा राष्ट्रिय कमिटी सचिव र २०१७-१९ मा राष्ट्रिय कमिटिको महासचिव भई जिम्मेवारी निर्वाह गर्नु भएको अनुभव छ । त्यस्तै, २०१९-२१ मा आइसीसी विधान ड्राफ्ट कमिटी सदस्य हुनुहुन्थ्यो ।

घिमिरेले आफूलाई विभिन्न पदमा बसेर काम गर्न अवसर प्रदान गर्नेहरुप्रति आभार व्यक्त गर्दै आगमी दिनमा पनि साझेदारी, हातेमालो गर्दै संस्थामा सेवा गर्ने चाहना रहेको र सबैको सहयोगको अपेक्षा समेत गर्नु भयो ।

यस्ता छन् प्रतिबद्धताहरु

१. गैरआवासीय नेपाली संघ आईसीसी र एनसीसीहरुका बिधानको परिधि र क्षेत्राधिकार भित्र रहेर कार्यसम्पादन ।

२. अध्यक्ष र संघबाट आएका निर्देशन संगै बैठकका निर्णय समयमै कार्यान्वयन ।

३. सबै एनसीसीबाट समान प्रतिनिधित्व हुने गरी एनसीसीको सिफारिसमा एक एक सदस्य क्षेत्रिय सदस्य रहने प्रावधान वा संरचना निर्माण, आर्थिक पक्षलाई बिशेष प्राथमिकता संगै सचिवालय निर्माणमा पहल ।

४. एनसीसीहरुको बिधान सम्वन्धित देश अनुकुल सहित एकरुपता संगै प्रशासनिक र आर्थिक नियमावली तयार गर्न समन्वय ।

५. एनसीसीका अध्यक्ष आईसीसीमा पदेन सदस्य रहने ब्यवस्था रहे संगै क्षेत्रिय समितिमा पनि भुमिका निर्धारणमा जोड ।

६. एक कार्यकालमा सम्पुर्ण क्षेत्रको आयोजनामा ग्लोवल क्षेत्रिय भेला आयोजनामा पहल ।

७. एनआरएनए संस्थागत भइसकेकोले स्वदेशको पर्यटन प्रवर्धनका लागि पर्यटन बोडले चयन गर्ने पर्यटन दुत सम्वन्धित देशको राष्ट्रिय समन्वय परिषदको अध्यक्ष स्वतह हुने ब्यवस्थाको लागि पहल र समन्वय ।

८. नेपालीको लागि नेपाली भन्ने नाराको भावना अनुसार ९कर्म थलो० देशमा बिभिन्न कारण जेलमा रहेका नेपालीहरुको अवस्था र तथ्यांक संकलन गरि सरोकारवालासंग समन्वय गरि एनआरएनए मेरो अभिवावकत्व हो भन्ने प्रत्याभुती दिलाउन न्यायिक प्रकृयामा सहयोग ।

९. एनसिसि अधिवेसनमा भागलिने प्रतिनिधि स्वतह आईसिसिको पनि अधिवेसन प्रतिनिधि बन्ने प्रावधान निर्माणमा सरोकारवालासंग पहल र समन्वय ।


प्रकाशित | २७ आश्विन २०८०, शनिबार १७:१७