कांग्रेसमा आदिवासी जनजातितर्फ १५ केन्द्रीय सदस्यमा १४ जना देउवा पक्षबाट निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसमा आदिवासी जनजातितर्फ १५ केन्द्रीय सदस्यमा १४ जना संस्थापन पक्षले जीत हासिल गरेको छ । आदिवासीतर्फ खुला र महिला गरी १५ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो । जसमा खुलातर्फ ८ र महिलातर्फ ७ पदका लागि भएको निर्वाचनमा १४ जना संस्थापन समूहका उम्मेदवारहरु विजयी भएका हुन ।

खुलातर्फ चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुर सिंह लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, तारामान गुरुङ, आङ्गेलु शेर्पा र टेकप्रसाद गुरुङ विजयी हुनु भएको छ ।

टेकप्रसाद गुरुङ संस्थापनइतर समूहका हुनुहुन्छ भने बाँकी ७ विजयी उम्मेदवार सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित हुुन भएको हो ।

त्यस्तै महिलातर्फ सातै जना देउवा समूहका निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सीता गुरुङ, अञ्जनी श्रेष्ठ, सरस्वती वजिमय, गंगालक्ष्मी अवाल, माया राई, सीता कुमारी राना र सुशीला थिङ रहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।


प्रकाशित | ८ पुष २०७८, बिहीबार १९:११