१ किलो ६ सय ८३ ग्राम सुनसहित विमानस्थलबाट समातीय २ विदेशी महिला

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ विदेशी महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भियतनामको राहदानी बी४१६७३५४ वाहक भो थी मोइ र कम्बोडियाको राहदानी एन००८३६२९८ वाहक थिएभी यूआई छन् । थाइ एयरको फ्लाइट नम्बर टीजी५८५ बाट काठमाडौं उत्रिएका भियतनाम र कम्बोडियाको राहदानी बोकेका महिला १ किलो ६ सय ८३ ग्राम सुनसहित पक्राउ परेका हुन् । शंकाको आधारमा पार्किङ एरियामा चेकजाँच गर्दा भियतनामी नागरिक भो थी मोइबाट ७ सय ४८ र कम्बोडियन नागरिक थिएभी यूआईबाट ९ सय ३५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १९:०४