साउथ फिल्ममा प्रबेश गरीन् बलिउड नायिका जाह्नवी कपूर

एजेन्सी : बलिउडमा बिभिन्न कारणले चर्चामा आइरहने चर्चित नायिका हुन् जाह्नवी कपूर । फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी जाह्नवी पछिल्लो समय अब आउने नयाँ फिल्मका कारण चर्चामा छिन् । भारतिय मिडियाका अनुसार उनले अब दक्षिण भारतीय फिल्ममा काम गर्ने भएकी छिन् । उनले फिल्ममा साउथ अभिनेता विजयसँग खेल्ने बताइएको छ ।

उनीहरु रोमान्टिक प्रेमकथामा बन्ने फिल्ममा खेल्नेछन् । मिडियाका अनुसार फाइटर नामको फिल्ममा यी दुईले अभिनय गर्ने बताइएको छ । यस फिल्मको लागी कियारा आडवाणीलाई अफर गरिएको थिया्े तर उनले अस्विकार गरेपछी नायिका जाह्नवीलाई लिइएको हो । यो फिल्म सन् २०२० को फेब्रुअरीबाट शूटिङमा जाने बताइएको छ ।

जाह्नवी कपूर बलिउडकि नायिका श्रीदेवीकि सुपुत्री हुन् । श्रीदेवीको निधन पश्चात जाह्नवीको पहिलो फिल्म रिलिज भएको थियो । धडकको सफलता पश्चात जाह्नवीले दोस्ताना २ फिल्म पनि साईन गरेकी छिन ।


प्रकाशित | ५ पुष २०७६, शनिबार १४:२०