बारामा ठूलो प्राकृतिक विपत्ति :  २५ को मृत्यु, ४ सय भन्दा बढी घाइते

काठमाडौं :  बारामा ठूलो प्राकृति विपत्ति आइपरेको छ । काठमाडौं उपत्यकासहितका विभिन्न ठाउँमा हावाहुरी चले पनि बारमा भने ठूलो विपित्त आइपरेको हो । हावाहुरीका कारण घरहरु तहस नहस भएको जनाँइएको छ । बारामा ठूलो प्राकृतिक विपत्ति आएपछि उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन भइरहेको छ ।

हावा हुरीका कारण बारा जिल्लामा २५ जनाको मृत्यु भएको छ भने ४ सय भन्दा बढी घाइते भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत आइतबार आएको हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिनु भएको छ । क्षतिको अवस्था हेर्दा अझैँ ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । घाइतेहरूलाई वीरगन्ज क्षेत्रीय अस्पताल र जिल्लाका अन्य अस्पतालहरूमा राखिएको छ ।  तस्विर : एपी वान


प्रकाशित | १७ चैत्र २०७५, आईतवार २३:१५