हङकङ चार्टर फ्लाइटको भित्री कथा

लकडाउनका कारण नेपालमै रोकिएका हङकङबासी नेपाली सोमबार राती हङकङमा सुरक्षीत अवतरण गरिसकेका छन् । त्यस्तै, अबको ३ दिनपछि नेपालमा रोकिएका बाँकि हङकङबासी नेपाली हङकङ जादैंछन् ।

सोमबार दुई न्यारोबडी जहाजले १५५ को दरले र एक वाइडबडी जहाजले २७२ गरी ५८२ यात्रु लगेको छ । नेपालमा कोरोनाको कारण गरिएको लकडाउन र उडान बन्द गरिदा हङकङबासी नेपाली लामो समयदेखि नेपालमा रोकिएका थिए । नेपालमा करिब १ हजार ३ सय जना रोकिएका थिए ।

एनआरएनए हङकङको नेपाल सरकार र हङकङस्थित नेपाली महावाणिज्यदूतावास सँगको करिब १ महिना देखिको पहलपछि नेपालमा रोकिएकाहरु फर्किन सफल भएका छन् । तर नेपालमा रोकिएका हङकङबासी नेपालीलाई ठूलो सास्ती र चर्को शूल्क तीर्न बाध्य बनाइएको भन्दै रोहण गुरुङले सामाजीक सञ्जालमा एक पोष्ट गर्नुभएको छ । रोहण गुरुङको भनाई जस्ताको तस्तै:-

लकडाउनको समयमा,ग्राहकलाइ पैसा छाप्ने मेसिन ठान्ने ,मानवीयता नभएका ब्यापारीसग परिचीत हुने अबसर*

हङकङ चार्टर फ्लाइटको भित्री कथा-

एनआरएन हङकङका अध्यक्ष राधिका गुरुङ (टीका) मेरो दिदी हो । माघमा मेरो बुवाको स्वर्गबास हुँदा अस्ट्रेलिया, युके, हङकङबाट परिवार र इस्टमित्रहरु नेपाल आउनुभएको थियो । बुवाको काजक्रिया सकिएपछि धेरै इस्टमित्र नेपालबाट फर्किनुभयो तर हङकङमा कोरोना भाइरस फैलदै गएको खबर आएपछि केही समय नेपालमा रोकिन टीका दिदीलाई मैले अनुरोध गरें ।

हङकङमा रहेकी भान्जीको स्कुल बिदा भएपछि ऊनी पनि नेपाल आइन् । केही दिनको काठमाडौं बसाईपछि बुवाको ४९ दिनको पुजाको लागि दिदी र भान्जी पोखरातिर लागिन । हामी छोराको स्कुलको कारण काठमाडौं नै बसेर बुवाको ४५ दिनको पूजा गर्ने निर्णय गर्यौं ।

मेरो छोराको स्कुल बिदा भएको मौका छोपी दिदि र भान्जीसँग केही दिन पोखरामा सँगै दिन बिताइ काठमाडौं फर्कने हिसाबले परिवारसहित चैत्र ९ गते म परिवारसहित पोखरा आएँ । बिदेशबाट नेपाल आएका केही ब्यक्तिहरुमा कोरोना भाइरस संक्रमण देखिएपछि पहिलो लकडाउन शुरु भयो । स्थिति नियन्त्रणमा राख्न सरकारले दोश्रो, तेस्रो पटक लकडाउनको समय थप्दै लग्यो ।

उता हङकङमा कोरोनालार्इ नियन्त्रण र दूरी कायम गर्दै स्कुल शुरु गर्ने तयारी गरेको खबर आएपछि भान्जीको स्कुल छुट्ने समस्याले दिदी चिन्तित हुनुभयो ।

नेपालमा अन्तर्राष्ट्रिय उडान खुल्ने मिति झन्झन् लम्बिदै गएपछि नेपालमा अड्किएका धेरै नेपालीबाट दिदीको मोबाईलमा घण्टी बज्न शुरु भयो, प्रायको प्रमुख समस्या बच्चाको पढाई नै थियो ।

हप्तौंसम्म बिहानदेखि रातीसम्म दिदी फोन उठाउन नै ब्यस्त रहिन । नामावली संकलन गर्दै जाँदा पाँच सय, सात सय हुँदै हजार बढीको संख्यामा नेपालमा अड्किएको जानकारी भयो र नामावली अप्रिल अन्तिममा हङकङ महाबाणिज्य दूतावास, एनआरएन केन्द्रीय कार्यालय र एनआरएन हङकङलार्इ इमेलमार्फत पत्रचार गर्नुभयो ।

हङकङमा रहेका एनआरएन हङकङका उपाध्यक्ष र महासचिवलाई हङकङबासी नेपालीलाई नेपालबाट उद्धारको लागि कुटनीतिक पहल गर्न महावाणिज्य दूतावास पुग्न दिदीले अनुरोध गर्नुभयो । साथै हङकङस्थित नेपाल एअरलाइन्सको कार्यालय गइ हङकङबाट नेपाल आउँदा ८० प्रतिशत यात्रुले नेपाल एअरलाइन्सको फिर्ती टिकट काटेको हुँदा नेपाल एयरले सोही टिकटमा विशेष उडानको ब्यबस्था गर्न एनआरएन हङकङ उपाध्यक्ष र महासचिव अनुरोध गर्न पुग्नुभयो तर नेपाल एअरलाइन्सबाट पहिला काटेको काठमाडौं–हङकङको टिकट सतप्रतिशत पैसा फिर्ता गरिने र २ करोड अग्रिम भुक्तानी गरी जहाज चार्टर गर्न सकिने सुझाव आएपछि हङकङ फर्कने स्थिति सहज देखिएन। किनकि लकडाउनको कारण बैंकहरु बन्द भएको अवस्थामा दुई करोड अग्रिम भुक्तानीको सम्भावना कठिन थियो ।

हङकङमा रहेका ट्राभलहरुबाट जहाज चार्टरको सहयोगको अपेक्षा गरियो तर सकारात्मक उत्तर आएन ।

दिदी र हामी सपरिवार खानपिन गरी प्राय बाहिर बरन्डामा सँगै हुन्थ्यौ। दिदीले फोनमा गरेका सम्बाद सुन्न बाध्य थिएं । हङकङमा जन्मेर उतै हुर्केका बच्चाहरु नेपालमा लामो समय अड्किदा प्राय डिप्रेसनको शिकारमा पर्ने सम्भावनाले सबै अभिभावक तनावमा रहेको सुनिन्थ्यो । कतिका बच्चा हङकङमा र आमा नेपालमा अड्किएको त कतिपयको भिसा सकिने कुरा सुन्दा स्थिति समस्याग्रस्त बन्दै गएको अभास हुन्थ्यो ।

बुढापाकाले दुःखमा शत्रुको पनि सहयोग गर्नुपर्छ भन्थे ।

यो विषय परिस्थितिमा दिदी लगायत अन्य हङकङबासी नेपालीलाई सहयोग गर्ने निस्कर्समा पुगें ।

वैदेशिक रोजगार व्यवसायइ संघमा अध्यक्ष हुँदा विभिन्न एअरलाइन्स र काठमाडौंका अधिकांस ट्राभल एजेन्सीसँग मेरो राम्रै चिनजान थियो । हङकङ प्लेन चार्टरको सम्भावना र कोटेसन मागियो । धेरै ट्राभल लकडाउनको कारण बन्द रहेको थियो । केही ट्राभलबाट आरए र हिमालयन एअरको कोटेसन जानकारी भयो । त्यसमध्य हार्बेस्ट मुन ट्राभलले हिमालयन एअरलाइन्स चार्टर गर्ने हो भने कार्गोमा हाल्ने सामानबाट हुने आय दाबी नगर्ने गरी रु ६३ हजार र सोही शर्तमा नेपाल एअरलाइन्स (आरए) को रु ८० हजारको एअरफेयर पठायो ।

केही नेपाली साथीहरूसँग दिदीले छलफल गर्नुभयो र यो मन्दीको बेला हिमालयन एअर लाइन्सको ६३ हजार रुपैया उपयुक्त हुने निष्कर्ष सुनाउनुभयो । जहाज चार्टर गर्न कुनै एडभान्स दिन नसकिने ट्राभललाई अनुरोध सुनायौ । संस्थागत हिसाबले हिमालयन एअरमार्फत नेपालीलाई हङकङ उडान गराउने बिषय हङकङमा रहेका एनआरएनका साथीहरूलाई दिदिले जानकारी गराउनु भयो तर निस्कर्शमा नपुग्दै हङकङमा ट्राभल एजेन्सी चलाएर बसेका ब्यापारीहरुले नेपालमा अड्किएका हङकङबासी नेपाली हिमालयन एअरमार्फत जम्मा ६३ हजार रुपैयामा एनआरएन हङकङले तयार गरेको जहाजमा आउन लागेको थाहा पाए ।

कुनै पनि हालतमा हिमालयन एअरलाइन्स हङकङ प्रवेश गर्न नदिन अवरोध सृजना गर्ने बैठकहरु हङकङका रेस्टुरेन्टहरुमा दिनरात चल्न शुरु भएको खबरहरु आउन शुरु भयो ।

आरए चार्टर गरेर प्रतिटिकट ६ हजार ८ सय ५० हङकङ डलर (करिब एक लाख रुपैया)मा टिकट बिक्री गरेर करोडौ कमाउने तयारीमा रहेका हङकङका ट्राभल एजेन्सीहरु भोक र प्यास बिर्सेर हिमालयन एअर बिरुद्ध अफवाह फैलाउन लागे । विभिन्न फेसबुक र अनलाइन न्युजमा एनआरएन हङकङ अध्यक्ष पैसा कमाउन लागेको भन्दै भ्रमित खबर सम्प्रेषणको बर्षात गर्न समेत पछि परेनन।

जीवन रहे धन कमाउन सकिन्छ, ग्राहक रहे ब्यापार बिस्तार गर्न सकिन्छ भन्ने सोच, दया र माया नभएका हङकङका ट्राभलहरु नेपालमा अलपत्र परेकालाई सहयोगी हात बढाउनु पर्नेमा आफ्नो फाइदाको लागि मरिहत्ते गर्न लागेको दुःखद परिस्थितिमा एनआरएन हङकङका एक उपाध्यक्षले राजिनामा दिएको खबर आएपछि दिदी अर्को तनावमा पर्नुभयो । दिदीले उपाध्यक्षलाई बारम्बार फोन गरिन तर फोन उठेन र कलब्याक पनि आएन ।

धेरै तनाव भएपछि चार्टर फ्लाइटको झमेला बिसाउँदै दिदि मौन बस्न खोज्नु भयो तर दिनमा सयौं अनुरोध र समस्याका फोनहरु आएपछि दिदी मौन बस्न सक्नु भएन । छोरीको स्कुलको कारण आफै जानुपर्ने भएपछि एनआरएन हङकङ मार्फत होइन, ब्यक्तिगत रूपमा हार्बेस्ट मुन ट्राभलसँग समन्वय गर्न मैले सुझाब दिएँ ।

पोखरामा लकडाउनमा पर्नुभएका दिदीलाई काठमाडौंमा रहेको ट्राभलसँग समन्वय गर्न त्यती सहज थिएन । त्यसैले २७ मे देखि उडान गर्ने उद्देश्य सहित हङकङ जाने करिब ११ सय नेपालीको नामावली सहितको निवेदन आफ्नो श्रीमान तेज प्रकास मार्फत हार्बेस्ट मुन ट्राभल र पररास्ट्र मन्त्रालयलाई लिखित जानकारी र निवेदन गर्नुभयो ।

कोरोना भाइरस महामारीको कारण रोकिएको हवाइ सेवा सम्बन्धि कोभिड १९ उच्च स्तरीय समितिबाट अनुमति नलिइ पररास्ट्रले प्रक्रिया अगाडि बढाउन नमिल्ने खबर आयो । समितिका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई समस्याको गम्भीरताको बारे जानकारी गराएपछि समितिले बैठकमा हङकङ उडानको निवेदनलाई प्राथमिकतामा राखी निर्णय गरी पररास्ट्र मन्त्रालयलाई आबस्यक सहयोगको लागि पत्रचार गर्ने सहयोग गर्नुभयो ।

नागरिक उडडयन मन्त्रालयबाट प्राप्त सहमति पत्रको आधारमा म्यान्मार, चीन, बङ्लादेश, पाकिस्तान र भारतको आकाश प्रयोगको लागि पत्रचार भएको खबर आयो ।

उता हङकङका ट्राभल एजेन्सीहरु हिमालयन एअर लाइन्स हङकङ आउनै नसक्ने र हार्बेस्ट मुन ट्राभलमा टिकट पैसा नदिन विभिन्न सामाजिक संजाल मार्फत भ्रम फैलाउन लागिरहे । हिमालयन एअरमार्फत सस्तोमा हङकङबासी नेपाली हङकङ आइ हाल्लान भनेर चिन्ताले बौलाउन लागेका ब्यापारीको रोदन बारम्बार पोखरासम्मै सुनिन्थ्यो ।

जेठ ४ गते प्राधिकरणका महानिर्देशकलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको ग्राउन्ड हेन्डलीङको सबै कामको तयारीका लागि पर्यटन मन्त्रालयबाट पत्राचार भयो ।

सतहत्तरै जिल्ला प्रशासन कार्यालयलाई हङकङ जाने टिकट बाहक यात्रुलार्इ पासको व्यवस्था गर्न गृह मन्त्रालयबाट ११०२ जनाको नामावली सहितको पत्र पत्रचार भयो ।

कोभिड १९ को असहज परिस्थितिमा हङकङ इमिग्रेसनबाट हिमालयन एअरलाइन्सले बोक्ने यात्रुहरुको नामावलीको नो अबजेक्सन लेटर र सिभिल एभियसनबाट ल्यान्डीङ पर्मिसनको अन्तिम पर्खाइमा बस्यौं ।

हङकङमा रहेका ट्राभल एजेन्सीहरुले करिब चार सय हङकङबासी नेपालीहरु नेपालमा अड्किएकोले उद्धार गर्ने भनी हङकङ महाबाणिज्य दूतावासमा छुट्टै नामावली लिस्ट पेस गरेको र दूतावासका का.बा. प्रमुख आफै फाइल बोकेर हङकङ सरकारको विभिन्न निकायमा स्वीकृतिको लागि पुगेको अपुस्ट खबर आयो । दूतावास हङकङका ट्राभलसँग मिलेको छ, तपाईंले चार्टर गरेको हिमालयन एअर हङकङ आउनै सक्दैन भन्दै दिदीलाई हतोत्साहित गर्ने फोन हङकङबाट आइ नै रह्यो ।

हङकङ उडानको लागि नेपाल सरकारबाट सबै प्रक्रिया पुरा गरेको हिमालयन एअर हङकङबाट नेपाली दूतावासबाट ओके सिग्नल आउन साथ टिकट इस्यु गर्ने गरी यात्रुहरुलाई टिकट रकम रु. ६३ हजार ट्राभलको बैंक खातामा भुक्तानी गर्न अनुरोध गर्यो ।

जेठ ६ गते २०७७ (१९ मे) मा महाबाणिज्य दूतावास हङकङबाट ७ मे २०२० (बैशाख २४ गते) हङकङ सरकारबाट प्राप्त पत्र र विभिन्न मितिमा गरेको सम्बाद अनुसार हरेक फ्लाइटमा यात्रा गर्ने यात्रुहरुको छुट्टाछुट्टै नामावली हङकङ सरकार र सेक्युरिटी ब्युरोले मागेको हुँदा १४ दिन कोरोइन्टाइनमा अनिवार्य बस्नु पर्ने, आइडि, रेजिडेन्ट परर्मिटको सुनिश्चितता र कुन स्वादको खाना खाने लगायतका विवरण खुलाइ पत्र पठाउन अनुरोध छ भनी पररास्ट्र मन्त्रालयलाई पत्र पठाएको जानकारी हुन आयो ।

याद गर्नुपर्ने बिसय २४ बैशाख (७ मे) मा हङकङ सरकार सेक्युरिटी ब्यूरोबाट प्राप्त भएको पत्र जेठ ६ (१९ मे) करिब दुई हप्तापछि मात्र पररास्ट्र मन्त्रालयलाई जानकारी गराउनु दूतावास नियतप्रति शंका उत्पन्न हुन्छ । कतै दूतावास टिकट रकम १ लाख असुल्ने तयारीमा रहेको हङकङका ट्राभल एजेन्सीको ललिपपमा त परेनन् ? दूतावासका कर्मचारी छुट्टै नामावलीको फाइल आफै बोकेर हिडेको समाचार सत्य नै थियो त ? प्रश्नहरु थुप्रै उब्जिन थाल्यो ।

२० मेमा हङकङ दूतावासबाट प्राप्त पत्रअनुसार २७, २८ मेमा हिमालयन एअर मार्फत उडान तयारीमा रहेको चार जहाजको यात्रुको नामावली र खाना इन्डियन र नेपाली लेखिएको पत्र हङकङ दूतावासलार्इ पररास्ट्रले पत्रचार गर्‍यो ।

मे १९ (जेठ ६) हङकङका विभिन्न ट्राभल एजेन्सीद्वारा संकलित करिब ४ सय नेपालीलाई हङकङ सरकारले तत्काल उद्धारको अनुरोध गरेको भनी हङकङ नेपाली दूतावासले सहीछाप गरी पररास्ट्र मन्त्रालयलाई लिस्ट पठाएको खबर आयो ।

तर अचम्मको विषय के भने २५ बैशाख (७ मे अगाबै) अगाबै हिमालयन एअर मार्फत हङकङ उडानको अनुमति दिन पररास्ट्र मन्त्रालय मार्फत हङकङ दूतावासमा पठाएको ११०० नेपाली यात्रुको नामावलीबारे हङकङ दूतावासले कुनै प्रतिउत्तर नदिने तर जेठ १ गते (१४ मे) तिर हङकङका ट्राभल एजेन्सीले दिएको चार सय नेपालीको नामावली मात्र सहीछाप भइ आउनु दूतावास हङकङका ट्राभल एजेन्सीले चलाउने अर्को शंकास्पद तथ्य हो।

विषयले झनझन चरम रुप लिदै गयो ।

नेपालबाट हङकङ आउन हङकङ सरकारले हङकङस्थित सनराइज ट्राभललाई तोकेको भन्ने इमेल सामाजिक संजालमा फालेर हिमालयनबाट हङकङ जाने पर्खाइमा रहेका यात्रुलाई पुनः भ्रम पैदा गर्न शुरु भयो । फेरि हङकङको ८ वटा ट्राभलमा टिकटको लागि सम्पर्क गर्न हङकङ इमिग्रेसनको पत्रको हवाला दिँदै हिमालयन एअरबाट हङकङ जान तयार भएका यात्रुहरुलाई फोन र इमेल आउन थाल्यो ।

कुनै पनि हालतमा हिमालयन एअरलाइन्सलाई हङकङ प्रवेश गर्न नदिने र आरए मार्फत ११ सय यात्रु हङकङ उतार्न सके ३ करोडभन्दा बढी फाइदा हुने हिसाबमा मात्र हङकङका ब्यापारी ब्यस्त भए । स्कुल छुट्ने चिन्ता र डिप्रेसनको सिकार बन्न लागेका हङकङबासी नेपालीप्रति कुनै दया, सहानुभूति र मानवियता देखाएनन ।

हिमालयन एअरमा चिनिया लगानी छ भन्दै हङकङका चिन बिरोधी नेतादेखि नेपाली दूतावास कर्मचारी र ट्राभल व्यापारी सबै लागेको हुँदा हिमालयन एअरको हङकङ प्रवेश सम्भावना नभएको दिदीका शुभ चिन्तकहरुले फोन मार्फत जानकारी गर्ने गर्थे ।

संयोग नै भनुं मे २२ (जेठ ९) मा हङकङ सरकारले हिमालयन एअर प्रवेश अनुमती नदिएको खबर बाहिर आयो । आफ्नो मुलुकमा स्थायी बसोबास गर्ने नागरिकलाई हङकङ सरकार आफैले जहाज पठाएर उद्धार गर्नु पर्नेमा आफै टिकट काटेर आउन लागेका नेपालीहरुले चार्टर गर्न लागेको जहाजलाई प्रवेश गर्न नदिनु अत्यन्त दुःखद विषय थियो ।

हार्बेस्ट मुन ट्राभलले टिकट बापत लिएको रु. ६३ हजार तीन दिन भित्र फिर्ता लिन रकम भुक्तानी गरेका यात्रुहरुलाई अनुरोध गर्यो । तर हार्बेस्ट मुनबाट पैसा फिर्ता नलिने र आरए नै चार्टर गरी दिन सबैको अनुरोध भएपछि कोटेसन सोघपुछ गर्दा आरए नै कम खर्च (प्रति यात्रु ८५ हजार) मा उडाउन सक्ने भएपछि हिमालयन एअर लाइनस मार्फत उड्ने तयारीमा रहेका सबै नेपाली १ जुन २०२० साँझ ९ र १० बजे पहिलो दुई फ्लाइटमार्फत हङकङ पुगेका छन । दोस्रो, तेस्रो, चौथो उडान ४, ५ जुनमा हुने तयारी रहेको ट्राभलबाट बुझिएको छ ।

समग्रमा करिब एक महिना नेपालमा अड्किएका हङकङबासी नेपालीहरुको हङकङ यात्रा सफल गर्ने प्रयासमा बित्यो ।

समस्यामा सबै एक हुनु पर्दछ, मानवीयता, दया, प्रेम र सद्भभाब हराउन हुँदैन।यो समयमा देखिएका सबै खाले नकारात्मक गतिविधि दोहोरिन दिनु हुँदैन र जान अन्जानमा भएका गल्ती सबैले सुधार्नु पर्दछ ।

हङकङ यात्राको यो मिसन सफल बनाउन सहयोग गर्ने मन्त्रालय कर्मचारी, नेकपाका शीर्ष नेताहरु सबैलाई हार्दिक धन्यवाद । सबैको जय होस । यात्राको क्रममा रहेका सबैलाई शुभ यात्राको शुभकामना । हार्बेस्ट मुन ट्राभलका टिमलाई हार्दिक धन्यवाद ।


प्रकाशित | २० जेष्ठ २०७७, मंगलवार १५:५४