ढुंगेअड्डामा फेला परेको ३ वटा कुकरबम डिस्पोज

काठमाडौं – काठमाडौंको ढुंगेअड्डामा ३ वटा कुकरबम फेला परेको छ । सो बमलाई नेपाली सेनाले डिस्पोज गरेको हो । शुक्रबार बिहानै ३ वटा कुकरबम फेला परेको हो । कलंकी र ढुंगेअड्डाको बीचसडकमै शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । त्यसपछि नेपाली सेनाको टोली पुगेर उक्त बमलाई डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुईवटा कुकर देखिए पनि तीनवटा बम रहेको थियो । नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि अहिले सडक सुचारु भएको छ । बम फेला परेपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएको थियो ।


प्रकाशित | ६ फाल्गुन २०७८, शुक्रबार १०:११