एनआरएनएलाई एकताबद्ध गर्दै सबैको साझा र दिगो बनाउने महासचिवका उम्मेदवार जोशीको प्रतिबद्धता

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा महासचिवका उम्मेदवार गौरीराज जोशीले आफू कुरा नभई काम गरेर देखाउनको लागि अभियानमा लागिपरेको बताउनु भएको छ । संस्थालाई सबैको साझा र दिगो बनाउन आवश्यक रहेको भन्दै जोशीले कुरा नभई काम गरेर देखाउन महासचिव पदमै उम्मेदवारी दिन लागिएको बताउनुभयो ।

जोशीले डेलिगेट्स छनोट प्रक्रिया परिमार्जन गर्ने, चुनाव केन्द्रित सदस्यता वितरणको परम्परा तोड्दै २२ महिना नै सदस्यता वितरण खुल्ला गर्ने, संस्था थप प्रविधिमैत्री र पारदर्शी बनाउने, अध्यक्षसँग निकट रहेर समन्वय र सहकार्य गर्नेलगायतका प्रतिबद्धता अघि सार्दै यतिबेला चुनावी अभियानलाई ब्यापक बनाउनु भएको छ ।

सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा आबद्ध रहँदै आउनु भएको जोशी गैर आवासीय नेपालीको लागि सबैले रुचाएको ब्यक्ती पर्नुहुन्छ । 

‘संसारभरका गैर आवासीय नेपालीहरूले महासचिवमा निरन्तरता चाहेपछि दोहोरिने निर्णयमा पुगेको र सोही अनुसार तयारी गरिरहेको जोशीले बताउनुभयो । थोरै बोल्ने तर काम गर्ने स्वभावको जोशी निस्वार्थ हिसावले समाजसेवीमा लाग्दै आउनु भएको छ ।

सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा आबद्ध रहँदै आउनु भएको जोशी गैर आवासीय नेपालीको लागि सबैले रुचाएको ब्यक्ती पर्नुहुन्छ । संस्थालाई सबैको साझा र दिगो बनाउनु अहिलेको आवश्यक भएकोमा जोशीको जोड छ ।

एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टमका योजनाकार समेत हुनुहुन्छ । 

जोशी बौद्धिक तथा युवामाझ लोकप्रिय मानीनुहुन्छ । अमेरिकामा आइटी क्षेत्रमा सफल व्यवसायी मानिने उनी लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय र सफल हुनुहुन्छ । एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टमका योजनाकार समेत हुनुहुन्छ । संस्थाका हरेक गतिविधिलाई पार्दर्शी बनाउने अभियानमा लागेका जोशी नौला तथा रचनात्मक काम गर्न रुची राख्नुहुन्छ । संघको आगामी निर्वाचन अनलाइन प्रणालीमा पनि हुँदैछ।

चितवनमा जन्मिनु भएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका जानु भएको थियो । उहाँले अमेरिकामै आइटीको अध्ययन पूरा गर्नुभयो । पछिल्लो समय जोशी आइटीबाहेक रियल स्टेटको कारोबारमा पनि संलग्न हुनुहुन्छ ।

हाल महासचिव रहनु भएको जोशीसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ। जोशी २०१९–२०२१ कार्यकालमा सचिव पदमा अत्याधिक मतसहित विजयी हुनु भएको थियो ।

नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ। जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गर्नु भएको छ । सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसक्नु भएको छ । जोशी एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य समेत हुनुहुन्छ ।

यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशी २०१५ देखि एनआरएनएमा झन् सक्रिय हुनुभयो । उहाँसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ। जोशी २०१९–२०२१ कार्यकालमा सचिव पदमा अत्याधिक मतसहित विजयी हुनु भएको थियो ।


प्रकाशित | १३ आश्विन २०८०, शनिबार २२:३६