बहुप्रतिक्षित फिल्म ‘केजीएफ २’ ले राख्यो नयाँ रेकर्ड

काठमाडौं : बहुप्रतिक्षित फिल्म ‘केजीएफः च्याप्टर २’ रिलिज मिति नजिकिँदै गर्दा फिल्मले नयाँ रेकर्ड राखेको छ। टिकट बुकिङमा फिल्मले रेकर्ड राखेको हो । भारतमा फिल्मले टिकट बुकिङमा रेकर्ड राखेको छ। फिल्मको टिकट भारतीय १५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ।

भारतीय व्यापार विश्लेषक तरण आदर्शले महँगो रकममा फिल्मको टिकट बुकिङ भइरहेको जानकारी दिएका हुन्। मुम्बई र दिल्लीमा यो हालसम्म कै उच्च रकम हो। प्रशान्त नीलद्वारा लिखित तथा निर्देशित फिल्म भारतमा ६ हजार स्क्रिनमा प्रदर्शन हुनेछ ।

होम्बले फिल्म्सको ब्यानरमा विजय किरागन्दूरले निर्माण गरेको फिल्मलाई उत्तर भारतीय बजारमा रितेश सिधवानी र फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्ट र एए फिल्म्सले प्रस्तुत गरेको छ । फिल्म आगामी अप्रिल १४ अर्थात् वैशाख १ गते प्रदर्शन हुँदै छ ।


प्रकाशित | २७ चैत्र २०७८, आईतवार १९:१८