काठमाडौं : नेपाल कम्युनिष्ठ पार्टीका उपाध्यक्ष वामदेव गौतमले संसद विघटनको विरोध जनाउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराएको गैर संवैधानीक कदम गलत र भत्र्सनायोग्य भएको प्रतिक्रिया दिनुभएको हो ।

यो कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त पार्ने गौतमको भनाई छ ।
प्रकाशित | ५ पुष २०७७, आईतवार १५:४१