नेपालमा पहिलो पटक बर्ड फ्लुका कारण एक जनाको मृत्यु 

काठमाडौं: नेपालमा पहिलोपटक बर्ड फ्लुका कारण मानिसको मृत्यु भएको छ । बर्ड फ्लुका कारण काभ्रेमा एक जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार एच पाइभ एन वान भनिने बर्ड फ्लुबाट काभ्रेका एक युवकको मृत्यु भएको हो । २१ वर्षिय ती युवाको रगतको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । उक्त रिपोर्ट वैशाख १७ मा आएको थियो जसमा बर्ड फ्लु भएको पुष्टि भएको थियो । उनको चैत १५ गते उपचारका क्रममा निधन भएको थियो ।


प्रकाशित | १९ बैशाख २०७६, बिहीबार १२:४४