एनआएनए अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजकमा बेदराज बस्नेतको उम्मेदवारी घोषणा

टेक्सस: गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजकमा बेदराज बस्नेतले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

एनआरएनए अमेरिकाको कोषाध्यक्ष हुँदै आइसिसी सदस्य र मनार्थ सदस्य भइसक्नु भएको बस्नेतले आगामी कार्यकालको लागि संयोजकमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । युवाहरु माझ निकै लोकप्रिय बस्नेत विगतको अनुभवको आधारमा संयोजकमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताउनुभयो ।

बस्नेतले अमेरिकाबासी मात्र नभई विशेष गरि क्यानडा, चिलीलगायतका गैर आवासीय नेपालीहरुको सल्लाह सुझाव बमोजीम अगाडि बढेको स्पष्ट पार्नुभयो । आफ्नो कार्यकालमा निस्किृय एनसिसीलाई सक्रिय बनाई गैर आवासीय नेपालीहरुको हक हित र अधिकारको पक्षमा आवाज बुलन्द बनाउने बताउनुभयो ।

‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै गैर आवासीय नेपालीहरुबीच आपसी एकता गराउने कार्यमा पनि सक्रिय हुने बस्नेतको एजेन्डा छन् ।

उहाँले आफ्नो उम्मेदवारीप्रति साथ र समर्थन जनाउने सबैमा धन्यवाद ज्ञापन गर्दै सहयोगको लागि अपिल समेत गर्नु भएको छ ।


प्रकाशित | ३१ भाद्र २०८०, आईतवार १४:५१