मदरल्याण्डमा टाइफाइड रोग विरुद्धको खोप सम्पन्न


भक्तपुर- मदरल्याण्ड स्कुलमा १५ महिना देखि १५ वर्ष मुनीका बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ ।टाइफाइड रोग विरुद्ध खोप अभियान २०७८र ०७९ अन्तर्गत आज नंखेल स्वास्थ्य चौकीको समन्वयमा सम्पन्न उक्त खोप कार्यक्रममा सुनपा ९ का वडाध्यक्ष उपेन्द्र राज केसीको समुपस्थितमा उदघाटन गरी सुरु गरिएको थियो । कक्षा प्रि नर्सरी देखि कक्षा १० सम्म अध्ययनरत १५ वर्ष सम्मका २६६ जना छात्रा र ३९६ जना छात्र गरी जम्मा ६६२ जना बालबालिकाहरुलाई स्वास्थ्य चौकीका प्रमुख श्री राजेन्द्र फैंजूको नेतृत्वमा खोप लगाइएको थियो ।

 

सुर्यविनायक(९, नंखेलमा रहेको मदरल्याण्ड स्कुलका संचालक प्रिन्सिपल संजय खड्काले आज सम्पन्न भएको टाइफाइड रोग विरुद्ध संचालन गरिएको खोप कार्यक्रमको समन्वयका लागि नंखेल स्वास्थ्य चौकी तथा सुर्यविनायक नगरपालिकालाई धन्यवाद दिँदै विद्यालयभन्दा बाहिर रहेका बालबालिकाहरुलाई पनि उक्त खोपको सुनिश्चितताको लागि वडा एवं स्वास्थ्य चौकीले पहल गर्नु पर्ने बताउनु भयो ।

नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष समेत रहनु भएका प्रिन्सिपल संजय खड्काले आउने शैक्षिक वर्ष २०७९ देखि नेशनल प्याव्सन भक्तपुर अन्तर्गत “पूर्व प्राथमिक तह स्तरोन्नति” कार्यक्रम मदरल्याण्ड स्कुलमा लागु गरी पूर्ण रुपमा मन्टेश्वरी पद्धतिमा अभिभावकको आर्थिक क्षमतालाई पनि ध्यानमा राखी संचालन गर्ने बताउनु भयो ।
हाल किड्स तथा मन्टेश्वरी स्कुलको नाममा अत्यधिक शुल्क लिएर अभिभावकहरुलाई मार परेको बताउदै खड्काले यस तर्फ अभिभावक सचेत हुनु पर्ने समेत बताउनु भयो ।


प्रकाशित | २६ चैत्र २०७८, शनिबार १३:२५