काठमाडौं: आनन्द भैरव माध्यामीक विद्यालयमा मानव बेचविखन विरुद्धको राष्टिय दिवस मनाइएको छ । कागेश्वरी मनोहरा नगरपालिका महिला बालबालीका तथा समाज कल्याण शाखाको समन्वयमा मानव बेचविखन विरुद्धको राष्टिय दिवस मनाइएको हो । कार्यक्रम नगर प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख कार्कीले विद्यार्थी भाई बहिनीहरुले मानव बेचविखनको विषयमा बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । पछिल्लो सयम बालआश्रमको नाममा मानव बेचविखन बढेको प्रति सजग रहन पनि सुझाव दिनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख शान्ता थापाले पछिल्लो समय सूचना प्रविधिको विकास भएसँगै सामाजीक सञ्जालको दूरुप्रयोग गरेर मानव बचेविखन हुने गरेकाले विद्यार्थीहरु सचेत रहनुपर्ने बताउनुभयो ।
प्रधानाध्यापक सरु कार्कीले मानव बेचविखनका घटना कसरी हुन्छ भन्ने जानकारी हुँदा हुँदै पनि बालबालीकाहरु ललाईफकाई र प्रलोभनमा परेर फस्ने गरेकाले विद्यार्थी भाई बहिनीहरुले यस्ता किसिमिका प्रलोभनबाट चलाखो हुनुपर्ने र सबैभन्दा पहिला आफै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नंं ७ का वडाध्यक्ष भिमसेन थापा, महिला बालबालीका तथा समाज कल्याण शाखाकी प्रमुख सविना श्रेष्ठ, कागेश्वरी मनोहरा नगरपालिकाका कानूनी सल्लाहकार विश्वनाथ खनाल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शंकर थापालगायतले मानव बेचविखनबाट बच्ने उपायका विषयमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको अवसरमा विद्यालयका टिम क्याप्टेनहरुलाई नगर प्रमुख कार्कीले ब्याच वितरण गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका नृत्य समेत प्रस्तुत गरेका थिए ।


























प्रकाशित | १९ भाद्र २०८०, मंगलवार २१:३७