पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर १० रुपैयाँले घट्याे

काठमाण्डौ : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

निर्णय अनुसार आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । मूल्य घटेसँगै अब पेट्रोल लिटरको एक सय ७० र डिजलरमट्टीतेल लिटरको एक सय ५३ रुपैयाँमा झरेको छ ।

यसअघि अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न भनेको थियो ।


प्रकाशित | १९ जेष्ठ २०७९, बिहीबार २१:४४