नेपालमा एकै दिन ३ हजार १२२ जनालाई कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकै दिन तीन हजार बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा १० हजार ७८ जनाको परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पिसिआर परीक्षणमा ३ हजार ३२ र एन्टिजेनमा ९० गरी ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये १९ हजार ३ सय ८२ जना आइसोलेसनमा छन्। हाल ६९ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन्।

कुल संक्रमितमध्ये १ हजार ४ सय ९८ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।


प्रकाशित | १२ बैशाख २०७८, आईतवार १६:५६