बुढानिलकण्ठमा देउवा र प्रचण्डबीच भेटवार्ता सुरू

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सुरू भएको छ । भेटवार्ता देउवा निवास बुढानिलकण्ठमा शूरु भएको हो ।

माओवादीले देउवालाई प्रधानमन्त्रीको रुपमा बहुमतसहितकको दावी पेश गर्नुअघि भेटवार्ता भएको हो । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको सयमसिमा आजै सकिँदैछ ।


प्रकाशित | ३० बैशाख २०७८, बिहीबार १५:२४