रौतहटका १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमीतको संख्या २ सय ९१ पुग्यो

काठमाडौं : रौतहटका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहट राजपुर नपा फरहदवा ९ का ७ जना पुरुष र रौतहट इशनाथ नपा ३ र ५ का ३ जना पुरुषहरुमा सक्रमण पुष्टि भएको हो ।

उनीहरुको काठमाडौंमा गरिएको परीक्षणको क्रममा कोरोना पुष्टि भएको र उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सहप्रवक्ता अधिकारीले  बताउनुभयो  । यो सँगै नेपालमा संक्रमित संख्या २ सय ९१ पुगेको छ ।

Image may contain: text


प्रकाशित | ४ जेष्ठ २०७७, आईतवार ०७:४४