हावाको गति परिवर्तनसँगै सलह नेपाल प्रवेश गर्ने सम्भावना टर्यो

काठमाडौं : हावाको गति र मौसममा परिवर्तन भएका कारण नेपालमा सलहको ठूलो झुण्ड तत्काल नेपाल प्रवेश गर्ने सम्भावना टरेको छ । वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले तत्काल नेपालमा सलह नआउने र आए पनि सानो झुण्डले खेतीमा ठूलो क्षति गर्न नसक्ने बताउनु भएको छ ।

आजदेखि हावाको गति परिवर्तन नभए नेपालगञ्ज, कैलाली, जनकपुर र कपिलवस्तुबाट सलहको ठूलो झुण्ड नेपाल आउन सक्ने विज्ञहरुले अनुमान गरेका थिए । दुई साताअघि नेपाल भित्रिएको सलहको झुण्डबाट नेपालले खासै क्षति भोग्नुपरेन । सलहको दोस्रो झुण्ड गत शनिबार दाङमा देखा परेको थियो ।


प्रकाशित | ३१ असार २०७७, बुधबार ०७:५४