उपप्रधानमन्त्री खड्काले गरे चाँगुनारायण -५ को नवनिर्मित कार्यालय भवनको उद्घाटन (फोटोफिचर)

भक्तपुर: चाँगुनारायण नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमकाबीच उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भवनको उद्घाटन गर्नु भएको हो ।

सो अवसरमा बोल्नुहुँदै उपप्रधानमन्त्री खड्काले छालिङ्ग जाने सडकको बिस्तारदेखि स्मार्ट सिटीको विषयमा निर्णय नहुँदा जनताको परेको समस्याका बारेमा सम्बन्धित निकायसँग छलफल गरि समस्याको समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाका सांसद एवं नेपाली काँग्रेसका जिल्ला सभापति दूर्लभ थापाले आगामी चार वर्षभित्र चाँगुनारायण नगरपालिकाले विकास निर्माणमा फड्को मार्नुपर्नेमा जोड दिनुभयो ।

चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले आफ्नो कार्यकालभित्रै सुविधासम्पन्न नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मेयर खत्रीले अझै पनि सडकको अवस्था दयनीय रहको बताउदै पूर्वाधार, पर्यटन लगायत क्षेत्रको बिकास गरि सुबिधा सम्पन्न नगरपालिका बनाउन लागिपरेको स्पष्ट पार्नुभयो ।

कार्यक्रमका वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खड्काले नेपाली सेनोको व्यारेकदेखि छालिङ्ग जाने सडक बिस्तारमा सेनाले आफ्नो सिमानामा पर्खाल लगाईदिए आउँदो दशै अगाडिनै फुटपाथसहितको सडक निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा कार्यक्रममा वागमती प्रदेशसभाका पूर्वमन्त्री कृष्णलाल भँडेल, वागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, काठमाडौं उपत्यका बिकास प्राधिकरणकी प्रमुख जानुका ढकाल, नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीलगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, जनप्रतिनिधि र स्थानीयको बाक्लो सहभागिता थियो ।


प्रकाशित | ८ भाद्र २०८०, शुक्रबार १९:४२