प्रेस—प्रतिनिधि प्रमाणपत्र जिल्लाबाटै पाउनेगरि व्यवस्था गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौँ – संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङको निर्देशनपछि सूचना विभागबाट जारी गरिने प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नवीकरण गर्नेसम्वन्धी सबै कार्य खुला गरिएको छ ।

मन्त्री गुरुङले सम्वन्धित जिल्ला हुलाक कार्यालयहरुबाट नै पत्रकारहरुले प्रेस—प्रतिनिधि प्रमाणपत्रको आवेदन गर्न सकिने, तयार भै आएको प्रमाणपत्र लिन सकिने र नवीकरणको व्यवस्था पनि जिल्ला हुलाकबाट नै गर्ने व्यवस्था मिलाउन निर्देश गर्नु भएको छ ।

तत्कालै गरिने उक्त व्यवस्थाले लामो समय पत्रकारितामा सक्रिय भएका तर विविध कारणले प्रेस प्रतिनिधि परिचय पत्र लिन नसकेका, अपाङ्गता आदि कारणले सूचना विभागसम्मको पहुँच नभएका पत्रकारहरुलाई सहजै जिल्लाबाट नै सेवा उपलब्ध हुनसक्ने छ ।


प्रकाशित | १९ मंसिर २०७७, शुक्रबार १९:२४