एनआरएनए फाउण्डेसनको अध्यक्षमा राम प्रताप थापा नियुक्त

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले परोपकारी गतिविधि सञ्चालन गर्न गठन गरेको एनआरएनए फाउण्डेसनको अध्यक्षमा रामप्रताप थापा नियुक्त हुनु भएको छ । फाउण्डेसनका संस्थापक अध्यक्ष जीवा लामिछानेले राजीनामा दिएपछि सो पद रिक्त थियो।

बिहीवार बसेको फाउण्डेसनको बैठकले एनआरएनएका संस्थापक समेत रहनु भएका जर्मनी निवासी थापालाई अध्यक्षमा नियुक्ति गरिएको हो । थापालाई अध्यक्ष बनाउन गरिएको प्रस्ताव बहुमतले पारित भएको थियो।

विश्वभर फैलिएका नेपालीले गर्ने परोपकारी कार्यलाई एकीकृत, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले ३ वर्षअघि लामिछानको नेतृत्वमा फाउण्डेसन स्थापना गरिएको थियो।

फाउन्डेसनमार्फत एनआरएनएले नेपालमा प्राकृतिक विपत्ति, शिक्षा, स्वास्थ्य, प्राचीन स्मारकको जीर्णोद्वार, कला, संगीत आदि क्षेत्रमा सहयोग, वैज्ञानिक तथा श्रमिकको क्षमता अभिवृद्धि, खेलकुद विकास र गैर आवासीय नेपालीको उत्थान आदि क्षेत्रमा काम गर्ने लक्ष्य छ।


प्रकाशित | २६ श्रावण २०८०, शुक्रबार १९:३९